Wednesday, December 25

हुस्सुका कारण पूर्वका विमानस्थलमा उडान ठप्प

काठमाडौँ । बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मध्याह्न कबिर १२ बजेसम्म उडान, अवतरण हुन सकेको छैन ।

तोकिएको समयमा उडान हुन नसकेपछि काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनकपुर, सिमरा, भद्रपुर, विराटनगर लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेको छैन । पश्चिमको सुर्खेत विमानस्थल पनि हुस्सुका कारण यतिबेलासम्म ठप्प छ ।

अहिले धनगढी, पोखरा, नेपालगञ्ज, भरतपुर र भैरहवामा उडान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *