Monday, December 23

स्थायी गर्न माग गर्दै त्रिविका कर्मचारी आन्दोलित

५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएका हुन् ।

‘वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्न माग राखेका छौं,’ विश्वविद्यालय क्याम्पस एकाइ समिती सभापति अनन्तप्रसाद पौडेलले भने ।

नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि तुरुन्तै लागू गर्न कर्मचारीले माग गरेका छन् ।

रिक्त दरबन्दीमा विज्ञापन गर्नुपर्ने, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती सुनिश्चित गर्नुपर्ने माग कर्मचारीको छ ।

संचित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने र विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारू गर्नुपर्ने माग कर्मचारीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *