Monday, December 23

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईंलाई छाड्ने तयारी

५ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी भएको छ ।

‘सर्वोच्चको आदेशपछि मेडिकल जाँच गराएर हाजिरी जमानीमा छाड्न लागेका छौं । अब हिरासत बाहिरै राखेर अनुसन्धान गर्छौं’, उनले भने ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चे उक्त आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरणको रिट शुक्रबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *