Thursday, December 26

रास्वपाले चयन गर्‍यो सुदूरपश्चिमका ९ जिल्लामा सभापति

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम ९ जिल्लाको भेला सकेको छ । २८ मंसिरदेखि १० पुससम्म भएका भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्ला भेलाबाट कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेलधुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्ट सभापति बनेका छन् ।

प्रदेश कार्यसम्पादन समितिको २७ मंसिरमा बसेको निर्णय अनुसार जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गरेको रास्वपाका सुदूरपश्चिम महामन्त्री सन्तोषराज जोशीले जानकारी गराए । २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जिल्ला भेला गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *