Friday, December 27

धनगढीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१२ पुस, धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताए ।

मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छिन् । मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पछाडिबाट ठक्कर दिने अर्काे मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *