Saturday, December 28

नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एक जना पक्राउ

१२ पुस, काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूलाई डाक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भनिने जितेन्द्र मण्डल रहेका छन् ।

मण्डलले सुगर रोग निको पार्ने दाबी गर्दै बेहोस बनाउने औषधि सेवन गराई सर्वसाधारणको सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरको टोलीले अनुसन्धान एवं खोजतलासका आधारमा उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ आरुखर्कबाट नियन्त्रणमा लिएको जनाएको छ ।

चोरी घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उनले सुगर रोग निको बनाउने भन्दै बेहोस पार्ने औषधि सेवन गराई सुनचाँदीका गरगहना (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) लगायत नगद ३ लाख रुपैयाँ चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एप्पल, भिभो र सामसङ कम्पनीको एक/एक थान मोबाइलसहित नगद ५९ हजार ३६० रुपैयाँ समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *