९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ ।
आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने सांसदहरुले बताएका छन् ।
समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ । आइतबारको छलफलले बक्यौता उठाउने विषयमा निर्णय गर्ने एक सांसदले बताए ।