४ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि बनेको आयोगको म्याद थपेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगको म्याद दुई महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
साथै समितिको संयोजक महेन्द्रकुमार थापालाई तोकेको छ । समितिको संयोजक पूर्वसचिव सारदाप्रसाद त्रिताल थिए । तर उनी बिरामी भएकाले थापालाई नयाँ संयोजक तोकिएको मन्त्री गुरुङले जानकारी दिए ।
@अनलाइनखबर