६ असोज, काठमाडौं । आइतबार कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.५ प्रतिशत हो ।
यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ७२ करोडको खरिद हुँदा १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ५ कम्पनी नासा, इम्पेरियल, अनलाइन, सनी र आर्यतारामार्फत खरिद धेरै भएको छ ।
त्यस्तै अरु ५ कम्पनी भिजन, डायनामिक, प्रिमियर, एबीसी र दिपशिखामार्फत बिक्री धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इनफ्रास्ट्रक्चर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, साहस ऊर्जा, नेपाल फाइनान्स लगायत कम्पनी छन् ।
@अनलाइनखबर