Friday, December 27

सिटिजन्स बैंकको बोनस सेयर घोषणा

७ असोज, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २३० रुपैयाँ १० पैसा छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *