Sunday, December 29

दाउन्नेको सडक एकतर्फी खुलाइयो

१५ असोज, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक एकतर्फी खुलेको छ ।

बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि मंगलबार दिउँसो करिब पौने चार बजेदेखि सडक दुईतर्फी नै बन्द भएको थियो ।

आज बिहानबाट सडक मर्मत गरी एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत् हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक डेढ फिट भासिएको र केही भाग चर्किएकाले पनि आउ-जाउ बन्द गरिएको थियो ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *