Monday, December 23

Author: Admin

सुनको भाउ २०० ले बढ्यो

सुनको भाउ २०० ले बढ्यो

विजनेस
८ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ७ सय ९० थियो ।...
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुंधरा खड़काले जानकारी दिइन् । एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गालीमात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरल स्वीकार गरेका छन् । उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या...
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने

‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने

मनोरन्जन
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । अमेरिकामा ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आयोजना गर्न थालिएको हो । कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपालले एक कार्यक्रम गर्दै जानकारी दियो । यस अगाडि गरिएको कार्यक्रमले आफूलाई हौसला मिलेका कारण थप कार्यक्रम गर्न लागेको फ्लाइ नेपालका अध्यक्ष विनोद अधिकारीले बताए । उनले भने, ‘हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’ ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्र...
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

ताजा समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिए । ‘कार्यवाहकको जिम्मेवारी डिपीजीलेनै पाउने हो‚’ ती नेताले भने‚ ‘तर‚ अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।’ ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ । अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसकेका छन् । ‘अलि अघिकै केन्द्रीय समिति बैठकमा स्वर्णिम जीले डीपीलाईनै कार्यवाहक बनाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको थियो । सबैले यसमा सहमति जनाएकै विषय हो‚’ ती नेताले भने‚ ‘त्यस कारण अब बन्दा कार्यवाहक पार्टी सभापति अर्यालनै बन्नुहुन्छ ।’ यस्तै संसदीय दलको नेता भने क...
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

ताजा समाचार
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ । यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहेका छन् । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ । लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ।...
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा

१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा

विजनेस
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जसअुनसार नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठुलो हिस्सा भारत र चीनको रहेको छ भने केही देशसँग नेपालले केही हजारको मात्रै व्यापार गरेको छ । पाँच महिनाको अवधिमा नेपाललाई भारतसँगको व्यापारमा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ घाटा भएको छ । तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको छ । त्यसैगरी चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्या...
हिरासतमा लामिछानेको फोटो खिच्ने भुसाललाई पोखरा पठाइयो

हिरासतमा लामिछानेको फोटो खिच्ने भुसाललाई पोखरा पठाइयो

ताजा समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा.निकोलस भुसाललाई पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘यत्ति एयरको विमान मार्फत पोखरा पठाएका छौँ ।’...
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

ताजा समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन् । युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी आज साँझ स्वदेश फर्कँदै छिन् । स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली पुगेकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् । मन्त्री डा राणाले पोखर...
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

ताजा समाचार
८ पुस, पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १÷२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मा...
रोशी १ का वडाध्यक्ष लामाको निधन, आज पालिकामा शोक बिदा

रोशी १ का वडाध्यक्ष लामाको निधन, आज पालिकामा शोक बिदा

ताजा समाचार
८ पुस, काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ। उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा निधन भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।...