Monday, December 23

Author: Admin

इन्स्टाग्राममा नयाँ एआई टूल, तत्कालै एडिट हुनेछ भिडियो

इन्स्टाग्राममा नयाँ एआई टूल, तत्कालै एडिट हुनेछ भिडियो

सुचना/संचार
मेटाको लोकप्रिय मेसेजिंग एप इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा विभिन्न नयाँ आर्टिफिसियल इन्टेलिजेन्स भिडियो एडिटिंग टूल्स थप गर्दैछ । ती टूल्सको मद्दतले प्रयोगकर्ताहरुले इन्स्टाग्राम भित्रै सजिलैसँग आफ्ना भिडियोहरु सम्पादन गर्न सक्नेछन् । अर्थात् इन्स्टाग्राममा भिडियो एडिट गर्नका लागि कुनै छुट्टै एडिटिंग सफ्टवेयरको आवश्यकता पर्नेछैन । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले हालै उक्त फिचरको टिजर सार्वजनिक गरेका छन् । उनले शेयर गरेका टिजरमा उक्त एआई टूलले केही उत्कृष्ट काम गरेको देखाइएको छ । सो टूलको प्रयोग गरेर भिडियोमा उनका कपडा तथा भिडियोको ब्याकग्राउण्ड नै परिवर्तन गरिएको छ । यहाँसम्म कि उनको एउटा अवतार भर्सन पनि तयार गरिदिएको छ र एआई टूलले उनको गलामा एउटा सुनको सिक्री पनि हालिदिएको छ । Movie Gen AI ले गर्‍यो काम वास्तवमा यो सबै काम मेटाको Movie Gen AI ले गरेको हो । यो एउटा यस्तो एआई ...
जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगेको आरोपमा एकजना पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगेको आरोपमा एकजना पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं। जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप छ। पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।...
भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

ताजा समाचार
८ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए । ‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’ एसपी बुढाथोकीले अनलाइनखबरसँग भने । उनका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।...
अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

ताजा समाचार
८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ । ६ पुसमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अपारदर्शी ढंगबाट पार्किङ शुल्क उठाएको बारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलित विद्यार्थी समूहले राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो । आफूहरूको माग सम्बोधन नभएसम्म प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने अनेरास्ववियुले जनाएको छ । पार्किङ शुल्कबारे छानबिन समिति बनाउनुपर्ने, पार्किङ शुल्कबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरी विश्वविद्यालयलाई हस्तान्तरण गरिनुपर्ने र उक्त गलत कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग संयुक्त विद्यार्थी आन्दोलनले राखेको छ । पार्किङ शुल्कबारे छानबिनको माग राखेर पाँच विद्यार्थी संगठनहरूल...
हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

विजनेस
८ पुस, काठमाडौं। हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण गरिने छ । त्यसैगरी चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पुर्‍याउने निर्णय पनि भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा २८ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द हुने जनाइएको छ ।...
देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

ताजा समाचार
८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धिकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए । देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए । कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै ...
बढ्यो वैदेशिक सहायता प्रतिबद्धता, प्राप्तिमा छैन उत्साह

बढ्यो वैदेशिक सहायता प्रतिबद्धता, प्राप्तिमा छैन उत्साह

विजनेस
८ पुस, काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्म २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ५९ अर्ब ९८ करोड रुपैयाँ मात्र प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ । यस अवधिमा प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान प्रतिबद्धता १५३.१ प्रतिशत र वैदेशिक ऋण प्रतिबद्धता २८०.६ प्रतिशत बढेको छ । चालु आव हालसम्म अवधिमा प्राप्त वैदेशिक सहायता प्राप्तिसमेत गत आव सोही अवधिको तुलनामा ३०.३ प्रतिशत बढेको छ । अर्थ प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ क...
जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

ताजा समाचार
८पुस, काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु छन् । उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।...
भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

ताजा समाचार
८ पुस, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।...
रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

ताजा समाचार
८ पुस, पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ । बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग...