Saturday, December 28

खेलकुद

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

खेलकुद
१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।
रेखाको ठाउँमा सरु लिम्बु खेल्ने

रेखाको ठाउँमा सरु लिम्बु खेल्ने

खेलकुद, ताजा समाचार
१४ कात्तिक, काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दैछ । खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल गुमाउने छिन् । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् । प्लेइङ ११ : एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की...
काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

खेलकुद, ताजा समाचार
१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।...
बाबार हायत कर्णाली याक्समा

बाबार हायत कर्णाली याक्समा

खेलकुद
१४ कात्तिक, काठमाडौं । हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ । पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ । बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२०आई म्याच खेलेका छन् । टी-२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी-२०आई शतक पनि छ । बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी-२० आईमा डेब्यु गरेका थिए । पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ । बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गर...
एन्फालाई एएफसीको गोल्ड अवार्ड

एन्फालाई एएफसीको गोल्ड अवार्ड

खेलकुद, ताजा समाचार
१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ । एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मंगलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ । दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे । एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अन्तर्गत प्लाटिनम क्याटेगोरीको अवार्ड जापान फुटबल संघ र डायमण्ड क्याटेगोरीको अवार्ड थाइल्याण्ड फुटबल संघले प्राप्त गर्‍यो । यस्तै रुबी क्याटेगोरीको अवार्ड लाओस फुटबल संघले पायो । एएफसी रिजनल एसविएसन अफ दि इअरको अवार्ड सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा)ले प्राप्त गर्‍यो । पछिल्लो समय नेपालमा ए डिभिजन र बी डिभिजन लिग फुटबल हुन सकेको छैन भने राष्ट्रिय टिमका ...
नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

खेलकुद, ताजा समाचार
१४ कात्तिक, काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट ...
उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

खेलकुद
१४ कात्तिक, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । यसअघिका ६ मध...
आईसीसी विश्वकप लिग टु : नेपालले स्कटल्याण्डको सामना गर्दै

आईसीसी विश्वकप लिग टु : नेपालले स्कटल्याण्डको सामना गर्दै

खेलकुद
१३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । २०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो । त्यस सिरिजमा त्यस...
अष्ट्रेलियन अलराउण्डर बेन कटिङ लुम्बिनी लायन्समा

अष्ट्रेलियन अलराउण्डर बेन कटिङ लुम्बिनी लायन्समा

खेलकुद
१३ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सले मंगलबार सामाजिक सञ्जालमार्फत कटिङलाई अनुबन्ध गरिएको जनाएको छ । ३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी-२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ । उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी-२० आई खेल खेलेका छन् । बेन कटिङ हार्ड हिटिङका लागि चिनिन्छन् । राष्ट्रिय टिममा धेरै खेल्न नपाए पनि फ्रेन्चाइज क्रिकेटमा भने बेन कटिङ परिचित नाम हो । सन् २०१८ मै श्रीलंकाविरुद्ध टी-२०आई मा डेब्यु गरेका कटिङले पछिल्लो पटक २०१७ मा टी-२० आई खेल खेलेका थिए । उनले बिग बास लिगमा ११७ खेल खेलेका छन् । यस्तै पाकिस्तानी लिगमा २७ र आईपीएलमा २१ खेल खेलेका छन् । ...
क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट एनपीएल खेल्ने

क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट एनपीएल खेल्ने

खेलकुद
१३ कात्तिक, काठमाडौं । विराटनगर कंग्सले नेपाल प्रियिमर लिग (एनपीएल) का लागि क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको जनाएको छ । अब किर्टोनले मंसिर १५ देखि हुने एनपीएल विराटनगरबाट खेल्नेछन् । कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् । विराटनगरले यसघि पहिलो विदेशी खेलाडीको रुपमा ओमानका कप्तान अकिब इल्यासलाई अनुबन्ध गरिरहेको छ । ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको विराटनगरको मार्की प्लेअरमा सन्दीप लामिछाने छन् भने आयरल्यान्डका केभिन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।...