गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल
२१ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।
नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।
गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् ।
बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।
अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक याद...