काठमाडौँ । नेपालका होटल क्षेत्र तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने व्यक्तिले औसत १६ हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७९÷८० मा गरेको सर्भेक्षणले औसत तलब १६ हजार १३० रुपैयाँ मात्रै रहेको देखाएको हो ।
सर्भेक्षणले देशभर यस्तो सेवा प्रवाह गर्ने संस्थाले रु २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको देखिएको छ । यो रकम यस क्षेत्रमा आवद्ध १ लाख ६ हजार ४५९ जना तलबी कर्मचारीले पाउने तलब हो जुन वार्षिक १ लाख ९३ हजार रुपैयाँ बराबर हुन आउँछ ।@ratopati