Wednesday, December 25

ताजा समाचार

गैरकानुनी रूपमा चुनाव गर्न लागेको भन्दै ओलम्पिक कमिटीमा पुग्यो प्रहरी

गैरकानुनी रूपमा चुनाव गर्न लागेको भन्दै ओलम्पिक कमिटीमा पुग्यो प्रहरी

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ । ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै गैरकानुनी रूपमा हुन लागेको चुनाव रोक्न र सुरक्षा प्रदान गर्न भन्दै पत्र पठाएको थियो । गृहमा पुगेको उक्त पत्रपछि प्रहरी परिचालन गरिएको हो । गृहको निर्देशनपछि जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी टोली परिचालन गरेको छ । अहिलेसम्म अवस्था सामान्य रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए । १३ पुसमा गर्न लागिएको ओलिम्पक कमिटीको चुनावका लागि आज मनोनयन दर्ता गर्न भनिएको थियो ।...
लेखा समिति सभापतिलाई मार्गप्रशस्त गर्न माओवादीको माग

लेखा समिति सभापतिलाई मार्गप्रशस्त गर्न माओवादीको माग

ताजा समाचार
८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सोमबार समितिको बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए । ‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’ विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने उल्लेख गर्दै उनले दोहोर्याए, ‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’ यसअ‍घि नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि लेखा समितिका सभापति पोखरेलको र...
चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ

चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनाको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
भक्तपुरमा छोरासँगै मृत भेटिएका बाबु हुलाकका कर्मचारी

भक्तपुरमा छोरासँगै मृत भेटिएका बाबु हुलाकका कर्मचारी

ताजा समाचार
८पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा बाबु–छोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण रहेका छन् । मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए । उनका अनुसार बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए । उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । विगत तीन वर्षदेखि दुई वटा कोठा भाडामा लिएर उनीहरू अध्ययन गर्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए । गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए । उक्त फ्ल...
जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगेको आरोपमा एकजना पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगेको आरोपमा एकजना पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं। जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप छ। पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।...
भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

ताजा समाचार
८ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए । ‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’ एसपी बुढाथोकीले अनलाइनखबरसँग भने । उनका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।...
अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

ताजा समाचार
८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ । ६ पुसमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अपारदर्शी ढंगबाट पार्किङ शुल्क उठाएको बारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलित विद्यार्थी समूहले राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो । आफूहरूको माग सम्बोधन नभएसम्म प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने अनेरास्ववियुले जनाएको छ । पार्किङ शुल्कबारे छानबिन समिति बनाउनुपर्ने, पार्किङ शुल्कबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरी विश्वविद्यालयलाई हस्तान्तरण गरिनुपर्ने र उक्त गलत कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग संयुक्त विद्यार्थी आन्दोलनले राखेको छ । पार्किङ शुल्कबारे छानबिनको माग राखेर पाँच विद्यार्थी संगठनहरूल...
देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

ताजा समाचार
८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धिकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए । देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए । कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै ...
जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

ताजा समाचार
८पुस, काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु छन् । उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।...
भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

ताजा समाचार
८ पुस, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।...