Wednesday, December 25

ताजा समाचार

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

ताजा समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन् । युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी आज साँझ स्वदेश फर्कँदै छिन् । स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली पुगेकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् । मन्त्री डा राणाले पोखर...
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

ताजा समाचार
८ पुस, पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १÷२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मा...
रोशी १ का वडाध्यक्ष लामाको निधन, आज पालिकामा शोक बिदा

रोशी १ का वडाध्यक्ष लामाको निधन, आज पालिकामा शोक बिदा

ताजा समाचार
८ पुस, काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ। उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा निधन भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।...
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक

ताजा समाचार
काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थापन महाराजगन्ज चिकित्सा क्याम्पसले २६ जना उपप्राध्यापक माग गरेको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी विभिन्न विषय अध्यापनका लागि उपप्राध्यापक पदमा दरखास्त आह्वान गरिएको हो । सोमबार प्रकाशित सूचना अनुसार इच्छुक उम्मेदवारलाई २८ दिनभित्र आवेदन पेस गर्न आह्वान गरिएको छ ।...
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : सिंह

पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : सिंह

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन् । क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा पनि उनले जोड दिए । सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,’ उनले भने, ‘क्रियाशील सदस्यको संख्या धेरै छ । तर, क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्व बुझाउन नसकेको हो कि ? अब बुझाउनुपर्याे ।’ हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको भनाइ थियो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको भन्दै उनले जनताको पटक–पटक विश्वास जितेको पार्टी कांग्रेसको क्र...
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

ताजा समाचार
काठमाडौँ । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ । जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिइन् । उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उनी आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिइन् । दनुवारको निधनको खबरसँगै यतिबेला नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ । मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।...
चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा

ताजा समाचार
८ पुस, हेटौंडा । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ । वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए । सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । ‘हामीले एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो,’ पोख्रेलले भने । निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सर...
रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राख...
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

ताजा समाचार
८ पुस, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ (थुनछेक बहस) हुन्छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ । सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्र...
नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ । १२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।...