Tuesday, December 24

ताजा समाचार

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

ताजा समाचार
८ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए । ‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’ एसपी बुढाथोकीले अनलाइनखबरसँग भने । उनका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।...
अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

अखिल क्रान्तिकारीले लगायो प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक

ताजा समाचार
८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ । ६ पुसमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अपारदर्शी ढंगबाट पार्किङ शुल्क उठाएको बारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलित विद्यार्थी समूहले राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो । आफूहरूको माग सम्बोधन नभएसम्म प्रिन्सिपल राईलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने अनेरास्ववियुले जनाएको छ । पार्किङ शुल्कबारे छानबिन समिति बनाउनुपर्ने, पार्किङ शुल्कबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरी विश्वविद्यालयलाई हस्तान्तरण गरिनुपर्ने र उक्त गलत कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग संयुक्त विद्यार्थी आन्दोलनले राखेको छ । पार्किङ शुल्कबारे छानबिनको माग राखेर पाँच विद्यार्थी संगठनहरूल...
देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ

ताजा समाचार
८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धिकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए । देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए । कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै ...
जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

ताजा समाचार
८पुस, काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु छन् । उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।...
भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

ताजा समाचार
८ पुस, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।...
रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

ताजा समाचार
८ पुस, पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ । बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग...
सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुंधरा खड़काले जानकारी दिइन् । एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गालीमात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरल स्वीकार गरेका छन् । उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या...
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

ताजा समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिए । ‘कार्यवाहकको जिम्मेवारी डिपीजीलेनै पाउने हो‚’ ती नेताले भने‚ ‘तर‚ अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।’ ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ । अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसकेका छन् । ‘अलि अघिकै केन्द्रीय समिति बैठकमा स्वर्णिम जीले डीपीलाईनै कार्यवाहक बनाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको थियो । सबैले यसमा सहमति जनाएकै विषय हो‚’ ती नेताले भने‚ ‘त्यस कारण अब बन्दा कार्यवाहक पार्टी सभापति अर्यालनै बन्नुहुन्छ ।’ यस्तै संसदीय दलको नेता भने क...
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

ताजा समाचार
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ । यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहेका छन् । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ । लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ।...
हिरासतमा लामिछानेको फोटो खिच्ने भुसाललाई पोखरा पठाइयो

हिरासतमा लामिछानेको फोटो खिच्ने भुसाललाई पोखरा पठाइयो

ताजा समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा.निकोलस भुसाललाई पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘यत्ति एयरको विमान मार्फत पोखरा पठाएका छौँ ।’...