Monday, December 23

ताजा समाचार

मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ ?

मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ ?

ताजा समाचार
७ पुस, काठमाडौं । दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । मुद्दा दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् । अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन । संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन सम्बन्धी व्यवस्था अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका कसुरदारहरु सांसद हुन अयोग्य हुन्छन्, तर उनीहरु माथिको अभियोग अदालतको अन्तिम रुपमा ठहर भएको हुनुपर्छ । रवि लामिछाने विरुद्ध मुद्दा दायर भएकोसम्म हो, उनको मुद्दाको फैसला आउने कम्तिमा पनि एकाध वर्ष लाग्ने देखिन्छ । ‘मुद्दा दायर भएकै कारण कसैलाई दोषी किटान गर्न मिल्दैन, अदालतबाट दोषी ठहर नभएसम्म उहाँको पद तलमाथि हुँदैन’ म...
हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

ताजा समाचार
७ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले अनलाइनखबरसँग भने, ‘त्यसपछि नजिकको अस्पताल केएमसी पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।’ जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए । मृतक देउमान ५३ वर्षका थिए ।...
रविविरुद्ध मुद्दा दर्ता, मुद्दामा के छ ?

रविविरुद्ध मुद्दा दर्ता, मुद्दामा के छ ?

ताजा समाचार
७ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ । सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सहकारी वक...
मुद्दा फिर्ता लिनसक्ने कानुनी व्यवस्था हटाउने सरकारको प्रस्तावमा माओवादीको असहमति

मुद्दा फिर्ता लिनसक्ने कानुनी व्यवस्था हटाउने सरकारको प्रस्तावमा माओवादीको असहमति

ताजा समाचार
७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राखेको छ । दफा ६४ मा सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए तिनका नेताविरुद्ध जुनसुकै अदालतमा रहेको सरकारले फिर्ता लिनसक्ने प्रावधान छ । कानुन न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले यो प्रावधान फिर्ता लिन सरकार तयार रहेको बताएपछि माओवादी केन्द्रका सांसदहरुले असहमति व्यक्त गरेका हुन् । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले २०७७ सालमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको तीन बुँदे सहमतिका आधारमा दफा ६४ आएको बताए । त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल रहेको स्मरण गर्दै घर्तीले उक्त तीन बुँदे सहमति कार्यान्वयनसँग समेत दफा ६४ सम्बन्धित रहेको बताए । ‘सर...
कानूनमन्त्रीको घोषणा-शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव हटाउँछौं

कानूनमन्त्रीको घोषणा-शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव हटाउँछौं

ताजा समाचार
७ पुस, काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ मा यससम्बन्धी व्यवस्था प्रस्तावित छ । जहाँ सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान छ । यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विचाराधीन छ । आइतबार बसेको समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने घोषणा गरेका हुन् । ‘दफा ६४ यसअघिकै मन्त्रीले फिर्ता लिन्छु भनेकाले हामी फिर्ता लिन तयार छौं’, मन्त्री चौरसियाले भने। कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आवश्यक परे छुट्टै ऐन बनाउन सकिने बताए । ‘आवश्यक परे ...
कीर्तिपुर पांगामा सम्पदा पदयात्रा

कीर्तिपुर पांगामा सम्पदा पदयात्रा

ताजा समाचार
७ पुस, काठमाडौं । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुर पांगामा सम्पदा पदयात्रा आयोजना गरिएको छ । शनिबार सम्पन्न भएको सम्पदा पदयात्रा कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले आयोजना गरेको हो । पदयात्रामा सहभागीलाई पांगाको समृद्ध मूर्त र अमूर्त सम्पदाको बारेमा जीवन्त लोककथा सहितको अनुभव गराइएको थियो । पदयात्रा भाजगंलस्थित विष्णुदेवी मन्दिरबाट सुरु भएको थियो । सहभागीले पांगा ढुशी, देउखेल, लाच्छी हुँदै ढोकाशीमा पुगेर तोकिएको मार्ग पूरा गरेका थिए । बाटोमा पांगाको सम्पदा, इन्द्रायणी जात्रा मनाउने परम्परा बारे जानकारी दिइएको थियो । कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीका अनुसार सम्पदा पदयात्रा मासिक रूपमा नियमित आयोजना गरिन थालिएको छ ।...
सर्लाहीमा एक महिलाको हत्या

सर्लाहीमा एक महिलाको हत्या

ताजा समाचार
७ पुस, काठमाडौं । सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ । वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको हो । विष्णुमायाको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।...
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

ताजा समाचार
७ पुस, काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।...
प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

ताजा समाचार
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिंदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे । आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । विदेशी खे...
पोखरामा बलात्कार आरोपमा एक जना पक्राउ

पोखरामा बलात्कार आरोपमा एक जना पक्राउ

ताजा समाचार
७ पुस, काठमाडौं । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो । घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...