Thursday, January 9

ताजा समाचार

अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

अपडेट : रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

Uncategorized, जीवनशैली, ताजा समाचार, मौसम, समाज
१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो । घटनास्थलमा इ...
कानुनका ज्ञाता लेखकलाई गृहको कमान्ड

कानुनका ज्ञाता लेखकलाई गृहको कमान्ड

ताजा समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले कानुनका ज्ञाता लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । नेपाली राजनीतिमा शालीन र वैद्धिक नेताको छवि बनाएका लेखकलाई गृह प्रशासनमा खरो उत्रिनुपर्ने चुनौती छ । बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा त्यहीँका विभिन्न विद्यालयहरुमा भयो । कक्षा ५ देखि १० सम्म महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा नेता लेखकले अध्ययन गरे । उच्च शिक्षा अर्थात् ‘प्लस टु’ मा नेता लेखकले विज्ञान पढ्ने निधो गरे । त्यति बेला विज्ञान अध्ययनका लागि महेन्द्रनगरको एक मात्रै विद्यालय थियो, सिद्धनाथ विज्ञान क्याम्पस । नेता ल...
बजेट पास गर्न नसक्दा अप्ठ्यारोमा सुदूरपश्चिम सरकार

बजेट पास गर्न नसक्दा अप्ठ्यारोमा सुदूरपश्चिम सरकार

ताजा समाचार, राजनीति
३१ असार, धनगढी । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट पारित गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । सुदूरपश्चिम सरकारले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । तर प्रदेश प्रमुख नजिर मियाँ सरकारले गरेको सिफारिस कार्यान्वयन नगरी काठमाडौं पुगेका छन् । राजनीतिक समीकरण फेरिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने आज अन्तिम दिन हो । आज बजेट पास नभए वा अध्यादेशमार्फत नआए भोलिदेखि सुदूरपश्चिम प्रदेश ‘बजेट होलिड’मा जान्छ । अर्थात् भोलि, नयाँ आर्थिक वर्षको दिनदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाउँछ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन...
सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

What's Hot, ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन् । कुनै कम्पनीका पुराना सेयरधनी र सेयर संख्या यथावत नै भएको अवस्थामा कसैले थप लगानी गरी साे कम्पनीमा ५० प्रतिशतभन्दा बढी स्वामित्व पुर्‍याएको अवस्थामा दफा ५७ अनुरुपको २५ प्रतिशत कर नलाग्ने प्रस्ताव आर्थिक विधेयकमा गरिएको थियो । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ मा प्रस्ताव गरेको यो संशोधन कुनै कम्पनी विशेषलाई सुविधा दिन ल्याएको आरोप लागेको थियो । अर्थमन्त्री पौडेलले उक्त उपदफामा नै संशोधन प्रस्तुत गरी यस्तो सुविधा ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डले मात्रै पाउने व्यवस्था गरका छन् । यसअघि आर्थिक विधेयकमा ‘तर, साविकका सेयर...
सीमाका विषयमा पहिलेजस्तो झगडा गर्नुपर्दैन : परराष्ट्रमन्त्री आरजु

सीमाका विषयमा पहिलेजस्तो झगडा गर्नुपर्दैन : परराष्ट्रमन्त्री आरजु

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । सोमबार पदभार ग्रहण गर्दै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । ‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ,’ उनले भनिन्, ‘बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’ कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या कसरी समाधान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् । मन्त्री राणाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताइन् । ‘...
राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामाः रक्षामन्त्री राई

राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामाः रक्षामन्त्री राई

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई/मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाए । उpले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरे । उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ । विपद्बाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनःस्...
बागमतीमा नुहाउन गएका एक बालक बेपत्ता

बागमतीमा नुहाउन गएका एक बालक बेपत्ता

ताजा समाचार, राजनीति
३१ असार, रौतहट । रौतहटको गढीमाई नगरपालिका लक्ष्मीपुरघाटस्थित बागमती नदीमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् । नुहाउन गएका तीन जनामध्ये १० वर्षीय एक बालक बेपत्ता भएका हुन् । आफूसँगै गएको साथी डुबेको ती दुई बालकले परिवारलाई खबर गरेका थिए । खबर पाएलगत्तै बालकको खोजी गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए । बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमान्डमा ३० जनाको टोली खटेको छ । पानीमा डुबेर बाहिर निस्किएका अर्का एक बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिर्माजन गर्नेछौं ।’ उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए । उनले निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए । ‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलंक नलाग्...
क्यापको चौथो कार्ययोजना स्वीकृत

क्यापको चौथो कार्ययोजना स्वीकृत

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप)को चौथो कार्ययोजना स्वीकृत गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री लेखकले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका छन् । अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउने उदेश्यले नेपाल प्रहरीमा क्याप कार्ययोजना लागू हुँदै आएको छ । चौथो त्रिवर्षीय कार्ययोजना २०८१/८२ देखि २०८३/८४ सम्मका लागि मन्त्री लेखकले स्वीकृत गरेका हुन् । यसअघि मन्त्री लेखकले चितवनको सिमलताल बस दुर्घटनाबारे छानबिन गर्न भन्दै गृहका सहसचिव छवी रिजालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत बनाउने निर्णय गरेका थिए । प्राकृतिक प्रकोपको विपत्तीलाई उचित ढंगल व्यवस्थापन गर्नु गृहको तत्कालको काम रहेकाले सोही अनुसार अघि बढ्ने पनि मन्त्री लेखकले बताए । विधिको शासन कायम गर्न, शान्ति सुरक्षा कामग गर्न र अपराध नियन्त्रण गर्न केन्द्...
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल

गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।...