Monday, December 23

ताजा समाचार

रविको बयान- विश्वास गरेर हस्ताक्षर गरेँ, चेकको दुरुपयोग भयो

रविको बयान- विश्वास गरेर हस्ताक्षर गरेँ, चेकको दुरुपयोग भयो

ताजा समाचार
७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भनेका हुन् । रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कार गर्दै बयान दिएका छन् । ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो,’ उनले भनेका छन्, ‘या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारीबिना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा र...
रविमाथि सम्पत्ति शुद्धीकरणको अभियोग किन लाग्यो ?

रविमाथि सम्पत्ति शुद्धीकरणको अभियोग किन लाग्यो ?

ताजा समाचार
७ पुस, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसँगै पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ । सरकारी वकिलको कार्यालयको दाबी अनुसार, लामिछानेले सहकारीको रकम अपचलन गरेर आफू र परिवारका सदस्यले समेत लाभ लिएका थिए । कुनै कसुर गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जत समेत गरे सम्पत्ति शुद्धीकरणको अभियोग आकर्षित हुन्छ । सरकारी वकिलको दाबी अनुसार उनी लगायतको समूहमाथि सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । त्यो रकम आफू अनुकूलको स्थानमा राखेको र पछि आफूले उपयोग गरेको सरकारी वकिलको अभियोग छ । अभियोगपत्रमा सहकारीको रकम अपचलनमा रविको संलग्नता भएको विस्तृत विवरण समावेश भएको छ । जस अनुसार, उनको समूहले सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा २६ करोड १४ लाख रुपैयाँ ल्याएका थिए । अर्कोतर्फ, सूर्यदर्शन सहकारीबाट जीबी राईक...
साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

ताजा समाचार
७ पुस, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने अनलाइनखबरलाई बताए ।...
४ महिनापछि संसदको लेखा समितिको बैठक आह्वान, बेरुजुबारे छलफल गर्ने कार्यसूची

४ महिनापछि संसदको लेखा समितिको बैठक आह्वान, बेरुजुबारे छलफल गर्ने कार्यसूची

ताजा समाचार
७ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समितिका सचव एकराम गिरीका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति रहेका छन् । उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम उपसमितिले गरिररहेका छन् ।...
छविलालको बयानः जीबीले पैसा जुटाए, रविले खर्च गरे

छविलालको बयानः जीबीले पैसा जुटाए, रविले खर्च गरे

ताजा समाचार
७ पुस, काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्ता गरेको पुरक अभियान पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् । गितेन्द्रबाबु राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ । ‘गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंकको खातामा रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको.. ’, जोशीको बयान छ । गोर्खा मिडिया नेटवर्क मार्फत ग्यालेक्सी टीभी सञ्चालनमै पनि आफ्नो कुनै भूमिका नरहेको उनको बयान छ । त्यसैले कहाँबाट पैसा आयो भन्ने पनि थाहा नभएको उनको बयान छ । तर गितेन्द्रबाबु राई र रवि लामिछाने यो सबै प्रक्रियामा सहभागी रहेको जोशीको बयान छ ।...
क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे प्रहरीले थाल्यो छानबिन

क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे प्रहरीले थाल्यो छानबिन

ताजा समाचार
७ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी नवराज अधिकरीले बताए । उनले अनलाइनखबरसँग भने, ‘ त्रिविको गेट नजिकै एक युवामाथि कुटपिट भएको घटनाबारे अनुसन्धान थालेका छौं।यसबारेमा हामी छानबिन गरिरहेका छौं।’उनका अनुसार कुटपिटबाट घाइते भएका युवको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्‍य टिमका समर्थकले सांघातिक आक्रमण गरेको आरोप छ । साथै अन्‍य टिमका समर्थकले उनलाई जनकपुर बोल्ट्सका ‘मधेशी’ समर्थक भनेर...
रविको बयान : ‘जीबीले सहकारीबाट पैसा ल्याएकाे थाहा दिएनन्’

रविको बयान : ‘जीबीले सहकारीबाट पैसा ल्याएकाे थाहा दिएनन्’

ताजा समाचार
७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् । उनीसहितका व्यक्तिविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबीले सहकारी संस्थाबाट पैसा ल्याएकाे जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ । ‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन,’ बयानका क्रममा भनेका छन् । य...
केही दिनमै संयन्त्र बनाएर संविधान संशोधनको काम सुरु गर्छौं : गगन थापा

केही दिनमै संयन्त्र बनाएर संविधान संशोधनको काम सुरु गर्छौं : गगन थापा

ताजा समाचार
७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्रै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका छन् । आइतबार काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं-१३ को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए । थापाले संयन्त्रले संविधानमा न्यूनतम चलाउनुपर्ने र चलाउनसक्ने विषयमा समझदारी कायम गर्ने बताए । ‘अरू राजनीतिक दलहरूसँग संवाद गर्छौं, किनभने यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन,’ उनले भने, ‘माओवादी, मधेशका अरू दलहरूसँग संवाद गर्छौं । दलहरूको बीचमा समझदारी बनाउँछौँ । न्यूनतम कुराहरू संशोधन गर्छौं ।’ गठबन्धन बनाएर चल्नुपर्ने बाध्यताबाट संविधानलाई बाहिर निकाल्ने उनले बताए । ‘एउटा राजनीतिक दलले एउटा नि...
रवि लामिछानेको सांसद पद निलम्बन हुने

रवि लामिछानेको सांसद पद निलम्बन हुने

ताजा समाचार
७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ ...
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

ताजा समाचार
७ पुस, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् । उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपसभापति समेत हरेका केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनलाई सो पदमा नियुक्त गरेका हुन् ।...