Monday, December 23

ताजा समाचार

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

ताजा समाचार
काठमाडौँ । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ । जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिइन् । उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उनी आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिइन् । दनुवारको निधनको खबरसँगै यतिबेला नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ । मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।...
चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा

ताजा समाचार
८ पुस, हेटौंडा । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ । वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए । सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । ‘हामीले एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो,’ पोख्रेलले भने । निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सर...
रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

ताजा समाचार
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राख...
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

ताजा समाचार
८ पुस, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ (थुनछेक बहस) हुन्छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ । सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्र...
नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण अभियान

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ । १२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।...
धनगढीको शहीद गेटका पसलमा आगलागी, झन्डै डेढ करोड क्षति

धनगढीको शहीद गेटका पसलमा आगलागी, झन्डै डेढ करोड क्षति

ताजा समाचार
८ पुस, धनगढी । धनगढीको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ । आइतबार साँझ शहीद गेटमा टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो सँगैका अन्य पसलमा समेत फैलिएर बढी क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको बताए । उनका अनुसार समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख बराबर क्षति भएको छ भने सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ । यस्तै, दिपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको प्र...
ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
८ पुस, काठमाडौं । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए । ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ । क्रिसमसको बिदामा यो शहरमा...
काभ्रेमा केपीलाई गोकुलको चुनौती, विद्यार्थी संगठनमा समानान्तर कमिटी

काभ्रेमा केपीलाई गोकुलको चुनौती, विद्यार्थी संगठनमा समानान्तर कमिटी

ताजा समाचार
८ पुस, काभ्रे । काभ्रेमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका छन् । अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा पक्षको हो । शनिबार सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन् । ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशनले कार्याल...
नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

ताजा समाचार
८ पुस, धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए । ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ । मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर २२ मंसिरमा विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुरा गरेका थिए । तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो । कञ्चनप...
सातै प्रदेशका कृषि मन्त्री सिहंदरबारमा

सातै प्रदेशका कृषि मन्त्री सिहंदरबारमा

ताजा समाचार
७ पुस, काठमाडौं । सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठक सिंहदरबारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । ‘बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ । यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुर्छ,’ मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना ...