Wednesday, December 25

राजनीति

वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ : अर्थमन्त्री

वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ : अर्थमन्त्री

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् । अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो । उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे । पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए । @अनलाइनखबर...
संविधान संशोधन हुनसक्ने अवस्था छः देउवा

संविधान संशोधन हुनसक्ने अवस्था छः देउवा

ताजा समाचार, राजनीति
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रमा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको देउवाको भनाइ छ । ‘कति मानिसहरु चुनावहरु आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरुलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । ...
प्रधानमन्त्री ओलीको विश्वास: बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन

प्रधानमन्त्री ओलीको विश्वास: बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन

ताजा समाचार, राजनीति
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् । ‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति...
नेपाली कांग्रेसका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

नेपाली कांग्रेसका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

ताजा समाचार, राजनीति
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको एक नेताले बताए । पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो । आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्ने योजना थियो । महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलीसी’ लगायत विषय उल्लेख छ । तर महामन्त्रीद्वयको प्रतिवेदनमाथिको छलफल टुंगो लाग्न नसकेपछि आइतबार फेरि बैठक डाकिएको ती नेताले जानकारी दिए । @अनलाइनखबर...
सञ्चारमन्त्री गुरुङको असन्तुष्टि : कहीं नभएको जात्रा गण्डकीमा

सञ्चारमन्त्री गुरुङको असन्तुष्टि : कहीं नभएको जात्रा गण्डकीमा

ताजा समाचार, राजनीति
१५ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा देखिएको सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् । लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरेका हुन् । शनिबार पोखरामा उनले, ‘कहीँ नभएको जात्रा गण्डकीमा भएको’ बताए । गण्डकी सरकार विस्तार र भागबन्डाका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ ।’ उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुन: सरकारमा सहभागी गराउनु हो । बिहीबार मात्रै कांग्रेस-एमालेबीच ९ मन्त्रालय बनाउने सहमति हुँदा उनीहरू दुवै मन्त्री कायमै हुने भएका छन् । उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा ...
१०० दिनको सूची बनाउने सरकारसँग अझै छैन न्यूनतम साझा कार्यक्रम

१०० दिनको सूची बनाउने सरकारसँग अझै छैन न्यूनतम साझा कार्यक्रम

ताजा समाचार, राजनीति
१४ भदौ, काठमाडौं । कांग्रेस र एमाले मिलेर सरकार बनाएको ५० दिन पुग्न लाग्दासम्म न्युनतम साझा कार्यक्रम बन्न सकेको छैन । रोचक के छ भने यिनै दुई दलबाट प्रधानमन्त्री केपी ओलीको टिममा गएका मन्त्रीहरु सय दिन पुग्ने बेला कस्तो प्रगति विवरण बुझाउने भनी कार्यसूची बनाउन आन्तरिक तयारी गर्दैछन् । १७ असारमा सातबुँदे सहमति गर्दा कांग्रेस एमालेले संविधान संशोधनसम्मका ठूला वाचा गरेका थिए, जबकि दुई अलग विचार भएका पार्टी मिलेर गठबन्धन बनाउँदा अनिवार्य मानिने न्यूनतम साझा कार्यक्रम ४८ दिनसम्म पनि नबन्नुले ढिलासुस्तीको उदाहरण दिएको छ । कांग्रेस एमालेबीच भएको उक्त सात बुँदे सहमतिको पाँचौं बुँदामा ‘न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन’ गर्ने उल्लेख थियो । ६ साउनमा संसदमा विश्वासको मात माग्ने क्रममा प्रधानमन्त्री ओलीले सो सहमति सार्वजनिक गरेका पनि थिए । सरकार गठनपछि नेकपा एमाल...
३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री पौडेल

३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री पौडेल

ताजा समाचार, राजनीति
१४ भदौ, बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले शुक्रबार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण बढेर २४ खर्ब पुगेकाले देशको अर्थतन्त्र अफ्ठ्यारोमा पुगेको बताए । ‘ऋणको पासोमा परेर निस्कन नसक्ने गरी फसेका त छैनौं तर सेलेक्टिभ हुन जरुरी छ’, अर्थमन्त्री पौडेलले भने, ‘रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती ठीक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।’ उद्योगहरुको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै उनले अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको मन्त्री पौडेलले बताए । अहिलेको सरकारले व्यवसायीलाई दुख नदिने र अमर्यादित व्यवहार नगर्ने तर गैर कानूनी व्यवसायलाई छुट नदिने अर्थमन्त्री पौडेलले बताए । नेपालमै बसेर उद्यम गर्ने सम्भा...
सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउँछ :  मन्त्री सुडी

सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउँछ : मन्त्री सुडी

ताजा समाचार, राजनीति
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउने बताएका छन् । शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सुडीले नेपालमा गैरसरकारी संस्था वा नागरिक संस्थाहरूको प्रभावकारी समन्वय र नियमन गरी वर्गीकरण र विषयगत परिचालन गर्न आवश्यक भएको बताए । उनले गैरसहकारी संस्थाहरूलाई नियमन र वर्गीकरणको लागि मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले त्यसको समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता रहेको भन्दै संघीय मर्म अनुरूपको एकीकृत सामाजिक सेवा ऐन ल्याउन लागिएको बताए । मन्त्री सुडीले नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरूलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी बनाइने बताए । उनले वैदेशिक सहायता रकम अर्थ मन्त्रालय र गृह मन्त्रालयसँगको समन्वयनमा महिला तथा बालबालिक...
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री

एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री

ताजा समाचार, राजनीति
१४ भदौ, धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा लक्षित गरेर देशभर अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले काम गर्ने उनले बताए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा संघ सरकारका तर्फबाट अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए । ‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनुु विद्यार्थी माथिको चरम अन्याय हो, यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु,’ उनले भने, ‘बढी नम्बर दिएर नभई विद्यार्थीले आफंै राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौं ।’ गत वर्ष झापामा अनलाइन ...
कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता

कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता

ताजा समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन् । महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् । उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु । सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ।’ उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्र...