Wednesday, December 25

राजनीति

गण्डकीमा एमालेबाट को-को मन्त्री बन्दैछन् ?

गण्डकीमा एमालेबाट को-को मन्त्री बन्दैछन् ?

ताजा समाचार, राजनीति
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट हाल कायम मन्त्रालय फुटाएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका छन् । एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । एमाले मन्त्रीको नाम टुङ्ग्याउने अन्तिम कसरतमा जुटेको छ । दलका नेता खगराज अधिकारी यसैका लागि शनिवार काठमाडौँ गएका थिए । उनी पोखरा फर्किसकेका छन् । यसअघि मन्त्री बनेकाहरूलाई नदोहोर्‍याउने सार्वजनिक रूपमै अधिकारीले घोषणा गरिसकेका छन् । त्यसैले चारै जना मन्त्रीहरू नयाँ अनुहारका हुने पक्काजस्तै रहेको नेताहरूको भनाइ छ । एमालेले मन्त्री छनोटको ठ्याक्कै मापदण्ड बनाएको त छैन । तर गण्डकीमा मन्त्री छान्दा भूगोल, जातीय क्लष्टर र लैङ्गिक हिसाबले सन्तुलन मिलाउनुपर्छ । जसअनुसार एमालेले पद्या जिसी श...
एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण छ : महामन्त्री थापा

एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण छ : महामन्त्री थापा

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् । एमाले र माओवादी वीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आएपनि एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उनले सुनाए । दुई दल विचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको र ठीक भएको उनले बताए । मुख्य दुई दलको सत्ता सहकार्य प्रणालीका लागि पनि चुनौतीपूर्ण रहेको उनले बताए । दुई दलमा रहेको चुनौतीको सामना गर्न सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओली वीचमा सौहार्दता हुनुपर्ने थापाले बताए । उनले भने,‘काम गरेर हामीले परिणाम दिनुपर्नेछ । हाम्रो सभापति र नेकपा एमालेको अध्यक्षसँग हुने हार्दिकता, विश्वास महत्वपूर्ण कुरा हुन् ।’...
सिंहदरबारमा थपियो १२९ कृषि प्राविधिकको दरबन्दी

सिंहदरबारमा थपियो १२९ कृषि प्राविधिकको दरबन्दी

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं। सरकारले कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा.हरि केसीका अनुसार मन्त्रालयले १२९ जनाकै कर्मचारीको दबरन्दी सिर्जना गर्न प्रस्ताव पठाइएको थियो । मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न परियोजना कार्यान्वयन इकाइ मातहत रहन गरी नयाँ दरबन्दी तेरिज स्वीकृत भएको उनले बताए । यो निर्णयले सिंहदरबार र काठमाडौंभित्र बस्ने संघीय कर्मचरीको दरबन्दी बढाएको छ । सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो । प्रदेश र स्थानीय तहले कर्मचारी अभाव झेलिरहेका बेला कृषि प्राविधिकहरु संघ सरकारअन्तरगत कृषि प्राव...
विश्वप्रकाशलाई देउवाको जवाफ : तपाईंले भन्दैमा त्याग गर्ने हो ?

विश्वप्रकाशलाई देउवाको जवाफ : तपाईंले भन्दैमा त्याग गर्ने हो ?

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले आफू नबनेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर त्याग गर्न देउवालाई आग्रह गरेका थिए । शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’ शर्माले प्रधानमन्त्री कांग्रेसमा एकसे एक अग्रज नेताहरु भएकाले उनीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए । अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाबारे शर्माले भनेका थिए, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’ @अनलाइनखबर...
कांग्रेस महाधिवेशन र चुनाव एकै वर्ष हुने खतरा छ : बद्री पाण्डे

कांग्रेस महाधिवेशन र चुनाव एकै वर्ष हुने खतरा छ : बद्री पाण्डे

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको महाधिवेशन र आम निर्वाचन एकै वर्ष हुने सम्भावना देखिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा पाण्डेले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाले चुनावमा असर पर्न सक्ने सम्भावना रहेको बताए । ‘त्यसका दुष्प्रभावहरु स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनमा पर्ने र पार्टी एक ढिक्का भएर निर्वाचनमा जान नसक्ने विगतको समस्या आगामी दिनमा पनि हुने हो कि’, उनले भने । पार्टी सदस्यता वितरण र नवीकरण समयमा हुन नसकेको भन्दै उनले दुई महामन्त्रीले सदस्यता नवीकरण र वितरण गर्न पटक पटक पत्र पठाएपनि कार्यान्वयन नभएको सुनिएको बताए । ‘उहाँहरुले तल भन्नुहुन्छ । तलका साथीहरुले गराउनुहुन्न । तल तहमा हामीले घच्घच्याउनुपर्ने छ’, पाण्डेले भने । मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका ला...
माधव नेपाल आज रुस जाने

माधव नेपाल आज रुस जाने

ताजा समाचार, राजनीति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस जाने भएका छन् । अध्यक्ष नेपाल आइतबार राति रुसको एक सहर भ्लादिभोस्तोक जान लागेका हुन् । रुसमा हुने अन्तर्राष्ट्रिय सम्मेलन मल्टी पोलारिटी फोरममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यक्रमको नेपाल वक्ता रहेको सो पार्टीले जनाएको छ । सेप्टेम्बर ३ देखि ६ सम्म हुने सो कार्यक्रमका लागि अध्यक्ष राति ११ त्यसतर्फ जान लागेको बताइएको छ । @रातोपाटी...
बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

ताजा समाचार, राजनीति
काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो । महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ । अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् । @रातोपाटी...
सिंहदरबारमा मुख्यसचिवको स्वागत, गरे पदबहाली

सिंहदरबारमा मुख्यसचिवको स्वागत, गरे पदबहाली

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्ति पत्र बुझेका उनले आइतबार मध्यान्हमा सिंहदरबार पुगेर पदबहाली गरेका छन् । अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए । यसअघिकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार नै अवकाश भएकी थिइन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । अर्यालले करिब १५ महिना मुख्यसचिवका रुपमा कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए । सीडीओ हुने लक्ष्य राखेर निजामती प्रवेश गरेका अर्याल नासुबाट सरकारी सेवा थालेर मुख्यसचिवसम्म...
सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ : प्रचण्ड

सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ : प्रचण्ड

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राखे । ‘नयाँ शक्ति भनेकै माओवादी’ अर्को एक प्रसंगमा उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताए । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा नयाँ...
वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ : अर्थमन्त्री

वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ : अर्थमन्त्री

ताजा समाचार, राजनीति
१६ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् । अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो । उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे । पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए । @अनलाइनखबर...