Tuesday, December 24

राजनीति

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

ताजा समाचार, राजनीति
२ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् । हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ । राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४:३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ । राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ । ‘कार्यतालिकामा सभापतिको प्रतिवेदनम...
राजेन्द्र महतोद्वारा पार्टी घोषणा

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

ताजा समाचार, राजनीति
काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ । महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए । प्रेस विज्ञप्ति आदरणीय सञ्चारकर्मी मित्रहरु, विषय : पार्टी घोषणा गरिएको बारे । राष्ट्रिय मुक्ति क्रन्ति २०८० फाल्गुन १४ गते देखि एउटा अभियानको रुपमा सञ्चालन भइरहेको र विगत ६ महिना देखि राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली इतिहासमा पहिलो पटक एकल राष्ट्रिय राज्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने ...
सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

ताजा समाचार, राजनीति
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् । नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । आज प्रतिनिधिसभा बैठक अगाडी हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने सभामुखको तयारी छ । @रातोपाटी...
बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

ताजा समाचार, राजनीति
२८ भदौ, काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । @अनलाइनखबर...
एमालेको वार्षिक  कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने

एमालेको वार्षिक कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने

ताजा समाचार, राजनीति
२८ भदौ, काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ । २०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ । @अनलाइनखबर...
संसदको वर्षे अधिवेशन अन्त्यको तयारी

संसदको वर्षे अधिवेशन अन्त्यको तयारी

ताजा समाचार, राजनीति
२८ भदौ, काठमाडौं । सरकारले संघीय संसदको चालू वर्षे अधिवेशन अन्त्यको तयारी छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्नेबारे सरकारले सत्तारुढ दलहरूसँग परामर्श गरेको छ । ‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै हुनुहुन्छ । सम्भवतः त्यही दिन रातीबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’ एक मन्त्रीले जानकारी दिए । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको चालू अधिवेशन अन्त्यबारे छलफल चलिरहेको बताए । ‘अब धेरै लामो समय जाँदैन’ उनले भने । गत वैशाख २८ गते संसदको चालू अधिवेशन सुरु भएको थियो । बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१...
एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु

ताजा समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।...
जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री : प्रधानमन्त्री https://hamalakhabar.com/archives/5255

जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री : प्रधानमन्त्री https://hamalakhabar.com/archives/5255

ताजा समाचार, राजनीति
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । हिमालहरु प...
प्रधानमन्त्री ओलीले गरे फेम्बोसाको १२ औँ सम्मेलन उद्घाटन https://hamalakhabar.com/archives/5248

प्रधानमन्त्री ओलीले गरे फेम्बोसाको १२ औँ सम्मेलन उद्घाटन https://hamalakhabar.com/archives/5248

ताजा समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन उद्घाटन गरेका छन् । बुधबार काठमाडौँमा सुरु भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘बसाईँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका ब...
ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

ताजा समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरू समितिका सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरू बुँदामा टेकेपछि समिति सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुन जुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरूलाई थाहा हुनुपर्‍यो । थाहा गराउने व्यवस्था छ की छैन ?’ साथै उनले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरू र कार्यविधिका कुराहरू चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।...