राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन् ।
लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको टिप्पणी छ । उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् ।
फेसबुकमार्फत लोहनीले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख...