Monday, December 23

राजनीति

अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित

अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित

ताजा समाचार, राजनीति
काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । ‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले भने, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए । संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादे...
पोखरामा रास्वपाको आज पनि प्रदर्शन

पोखरामा रास्वपाको आज पनि प्रदर्शन

ताजा समाचार, राजनीति
५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा भेला भएका रास्वपाका नेता भएका छन् । शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् । तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् । अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबार...
भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग  स्पष्टीकरण सोध्ने एमाले निर्णय

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

राजनीति
काठमाडौँ । नेकपा (एमाले)ले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । @रातोपाटी...
विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

ताजा समाचार, राजनीति
४ कात्तिक, काठमाडौं। विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो । माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापनपत्र तयार गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एमालेका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए। ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने हो । राष्ट्रपति र सभामुखलाई हामीले यसो गरेका छौं है भन्ने जानकारी गराउने हो,’ पाण्डेले भने। कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् । ‘मूलत बाढी पहिरोको विषयलाई ज्ञापनपत्रमा राखेका छौं । विपत्मा सरकारले राम...
एकीकृत समाजवादीको एउटा समूह एमालेमा जान सक्छ : नेता मिश्र

एकीकृत समाजवादीको एउटा समूह एमालेमा जान सक्छ : नेता मिश्र

राजनीति
३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् । ‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं’, मिश्रले भने, ‘सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’ उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताए । ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ’, मिश्रले भने । पार्टीमा दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने आशा भए पनि त...
पोखरामा रास्वपाको आकस्मिक बैठक

पोखरामा रास्वपाको आकस्मिक बैठक

ताजा समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो । बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ । रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ। @रातोपाटी...
पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो : प्रचण्ड

पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो : प्रचण्ड

राजनीति
२३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन् । बुधबार सम्पादकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’ प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएका छन् । गत असार मध्यराति कांग्रेस–एमाले बीच सात बुँदे समझदारी भएको थियो । सोही समझदारीका आधारमा संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सरकार बनाएका हुन् । कांग्रेस र एमाले बीच समझदारी भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधि सभामा विश्वासको...
हरियाणाको प्रारम्भिक रुझानमा कांग्रेसलाई झट्का

हरियाणाको प्रारम्भिक रुझानमा कांग्रेसलाई झट्का

राजनीति
२२ असोज, काठमाडौं । हरियाणाको विधानसभा चुनावको प्रारम्भिक रुझानले कांग्रेसलाई झट्का लागेको छ । एक्जिट पोलको नजिता सार्वजनिक भएसँगै कांग्रेस नेताहरु सरकार बन्नेमा ढुक्क देखिएका थिए । मुख्यमन्त्रीका आकांक्षीहरु पनि उत्साहित देखिएका थिए । मंलगबार मत गणनामा पनि सुरुको एक घन्टापछि कांग्रेस, बीजेपीभन्दा निकै अगाडि देखिएको थियो । तर एक घण्टामै पासा पल्टियो र भाजपा खेलमा फर्कियो । अर्को एक घण्टामा भाजपा एक्जिट पोलहरुलाई गलत साबित गर्दै अगाडि बढ्यो । अझै थुप्रै चरणको गणना बाँकी छ । त्यसैले बीजेपीको बहुमत पुग्दै पुग्दैन भन्न सकिन्न । तर कांग्रेसलाई झट्का लाग्ने निश्चित भइसक्यो । भारतीय सञ्चार माध्यमहरुका अनुसार कुल ९० सिटको विधानसभामा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । २०१९ मा भाजपाको ४० सिट थियो । यो नजितामा ठूलो हेरफेर नभए पछिल्लो १० वर्षदेखि सरकारमा रहेको बीजेपीले हरियाण...
बाढी,पहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादी केन्द्रको आग्रह

बाढी,पहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादी केन्द्रको आग्रह

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्यानाकर्षण गराएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वतयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए । माओवादी केन्द्रले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गरेको छ । प्रधानमन्त्री ओलीले विपद्का न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए । सो अवसरमा गृहमन्...
स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवार सघाउनेबारे रास्वपामा छलफल

स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवार सघाउनेबारे रास्वपामा छलफल

ताजा समाचार, राजनीति
१८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे उम्मेदवार बनाउने विकल्प खुला राखेको छ । स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले १६ मंसिरमा उपनिर्वाचन गर्ने भएको छ । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो । स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिन लागेको रास्वपाले गैरदलीय उम्मेदवारलाई सहयोग गर्न सकिने गरी विकल्प खुला राखेको छ । विधानतः रास्वपाले लिडरसीप एकेडेमीमार्फत उम्मेदवार चयन गर्नुपर्ने हुन्छ । उपनिर्वाचन हुने समयसम्म लिडरसिप एकेडेमीबाट उम्मेदवार तयार हुने सम्भावना कम रहेको सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा लेखेका छन् । १ र २ असोजमा भएको राष्ट्रिय सम्मेलनमा सभापति लामिछानेले प्रस्तु...