सरकारको १०० दिन : ओली सन्तुष्ट, देउवा खुसी
७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन् ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाएका हुन् । शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई देखाएर उनले अर्थतन्त्र लयमा आउन थालेको बताएका छन् ।
बाढी पहिरो लगायतका जनसरोकारका सवालमा पनि सरकारले काम गरिरहेको ओलीले बताए ।
एक सहभागीका अनुसार सुशासनमा पनि केही काम भएको उनले बताए । त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि कारबाही हुन्छ ।’
बैठकमा गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन मात्र गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले पनि रविलाई पूर्वाग्रहका आधारमा पक्राउ गरेको भनेर गलत प्रचार गरिएको बताए...