Monday, December 23

राजनीति

पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

राजनीति
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न आह्वान गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नै नगरी तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गरेको भन्दै त्यस्तो शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीका साथै अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् । नेता रावललाई समेत पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले लिएको जग्गा दानबारे आलोचना गरेकोमा स्पष्टीकरण सोधेको थियो । रावलले लेखेका छन् : एमालेको जवज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाह...
प्रहरीले रविको मोबाइल फरेन्सिक जाँचका लागि पठायो

प्रहरीले रविको मोबाइल फरेन्सिक जाँचका लागि पठायो

ताजा समाचार, राजनीति
११ कात्तिक, काठमाडौं । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो । डीएफएल जाँचपछि उनको माबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । ‘यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत नै डीएफएलमा पठाएका हौं’, कास्की प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने । कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालत उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सात दि...
स्वर्णिमलाई प्रश्न : राजनीतिक नागरिक संवाद समितिको काम के हो?

स्वर्णिमलाई प्रश्न : राजनीतिक नागरिक संवाद समितिको काम के हो?

ताजा समाचार, राजनीति
काठमाडौँ । शनिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले २ उपसभापतिलाई फरक–फरक जिम्मेवारी दिएको छ । बैठकको निर्णय नम्बर ३ मा आन्दोलन सञ्चालनको संयोजक डीपी अर्याल र राजनीतिक नागरिक संवादको जिम्मेवारी अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पाएका छन् । बैठकले सातै प्रदेशमा आन्दोलन सञ्चालनका लागि प्रदेश समिति गठन गर्ने तथा आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ । ‘आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने‚’ निर्णयमा लेखिएको छ‚ ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने ।’ केन्द्रीय समिति बैठकले निर्णय गरेर गठन गरेको राजनीतिक नागरिक संवाद के हो र यसले के काम गर्छ भनेर हामीले संयोजक स्वर्णिम वाग्लेलाई प्रश्न गर्‍यौँ । डा...
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

ताजा समाचार, राजनीति
पोखरा । रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।...
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

ताजा समाचार, राजनीति
काठमाडौँ । पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ । पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ । दिउँसाे १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने उनले बताए । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिड फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने उनले बताए । ‘ओली सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा सभापतिलाई पक्राउ ...
सत्ता समीकरण दलहरुको बैठक बस्दै

सत्ता समीकरण दलहरुको बैठक बस्दै

ताजा समाचार, राजनीति
काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ताजा समाचार, राजनीति
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । @रातोपाटी
एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर

एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर

ताजा समाचार, राजनीति
८ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध गलत आक्षेप लगाएर अनुसन्धान प्रभावित पार्न खोजेको बताएका हुन् । पार्टी सभापति रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्रदर्शनतर्फ संकेत गर्दै उनले भनेका छन्, ‘… छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो ।’ फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बना...
सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला

सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला

ताजा समाचार, राजनीति
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे। उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उहाँको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे । दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उनको धारणा थियो । @रासस...
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, ११ सदस्यीय मन्त्रीमण्डल

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, ११ सदस्यीय मन्त्रीमण्डल

ताजा समाचार, राजनीति
८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए । तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् । कांग्रेस र एमालेका ५६ जना सांसदको हस्तक्षरमा साउन ७ गते नेकपा एमाले संसदीय दलका तत्कालीन उपनेता (हाल नेता) चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक मन्त्रिपरिषद् गठन गर्दा नेपाली कांग्रेसबाट प्रमुख स...