Friday, December 27

राजनीति

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

ताजा समाचार, राजनीति
१४ भदाैं, विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि काेशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेकाे थियाे, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलकाे बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बाेले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’ नेकपा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेकाे छ ।...
इन्जिनियरको चुनाव र गर्नुपर्ने काम https://hamalakhabar.com/archives/4267

इन्जिनियरको चुनाव र गर्नुपर्ने काम https://hamalakhabar.com/archives/4267

राजनीति
एशियाली विकास बैंकको आँकडा अनुसार नेपालमा १०० वर्ग किलोमिटरमा जम्मा ४७ किलोमिटर सडक छ भने प्रति १००० जनतामा २.५ किलोमिटर सडक रहेको देखिन्छ। विद्युत् उत्पादन र खपतको आँकडा हेर्ने हो भने नेपालमा प्रतिव्यक्ति विद्युत् खपत १६०० किलोवाट प्रति घण्टा मात्र छ। जबकि भारतको ७६००, अमेरिका ७६०००, जापान ३९००० किलोवाट प्रतिघण्टा रहेको देखिन्छ अर्थात् विकसित देशहरूमा ऊर्जा खपतको मात्रा निकै धेरै छ। जलस्रोतको धनी देशमा विद्युत् उत्पादन र खपतको यो नाजुक अवस्था छ। सडक सञ्जाल र ऊर्जा नै देशमा समृद्धि निम्त्याउने आधार हुन्। जबसम्म यी क्षेत्रको विकास गर्न सकिन्न तबसम्म हामी समृद्धिको भर्‍याङ चढ्न सक्दैनौं। भौतिक संरचना निर्माणमा खासगरी तीन फरक पक्षको संलग्नता हुन्छ– लगानीकर्ता, परामर्शदाता र निर्माणकर्ता वा निर्माण कम्पनी। यी तीन पक्षमा नै इन्जिनियरहरूको खास भूमिका हुन्छ। लगानीकर्ताले आयोजनामा लगानी गर्न...
कोशी प्रदेशसभा बैठक दुई महिनापछि आज बस्दै

कोशी प्रदेशसभा बैठक दुई महिनापछि आज बस्दै

ताजा समाचार, राजनीति
१४ भदौ, विराटनगर । स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । ८ असारमा बजेट पास भएपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने छ । यो दुई महिनाको अवधिमा प्रदेशको सत्तासमीकरण परिवर्तन भइसकेको छ । ८ असारको बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ भने सत्तापक्षमा रहेको माओवादी केन्द्र प्रतिपक्षमा बस्नेछ । सरकारमा सहभागी हुने निर्णय गरे पनि कांग्रेसले मन्त्रीकाे नाम भन‍े पठाउन सकेकाे छैन । पूर्व सहमति अनुसार सत्तापक्षमा बस्ने र मन्त्रीको नाम केन्द्रीय समितिको बैठकपछि मात्रै पठाउने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न...
रास्वपा सांसदको प्रश्न : नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ?

रास्वपा सांसदको प्रश्न : नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ?

ताजा समाचार, राजनीति
११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको बताए । ‘विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरुमा सञ्चालित कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने । सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रुपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौं ।’ हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको ...
महामन्त्रीको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए पदाधिकारी बैठक

महामन्त्रीको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए पदाधिकारी बैठक

ताजा समाचार, राजनीति
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवाले मंगलबार र विहीबार (आज) दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए । पार्टी स्रोतका अनुसारका दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । ‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सहमति उन्मुख भएको दाबी गरेका छन् । एक्जिट पोलिसी, ...
आरजुले भनिन्– आगामी प्रधानमन्त्री म होइन, शेरबहादुरजी हो

आरजुले भनिन्– आगामी प्रधानमन्त्री म होइन, शेरबहादुरजी हो

ताजा समाचार, राजनीति
१३ भदौ, धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए । धनगढीमा आज पत्रकारहरुले पनि यही विषयमा जिज्ञासा राखे । त्यसको जवाफ दिने क्रममा आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’ प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्...
नेकपा एसको ८४ सदस्यीय पोलिटब्युरो कमिटीमा को-को चुनिए ?

नेकपा एसको ८४ सदस्यीय पोलिटब्युरो कमिटीमा को-को चुनिए ?

ताजा समाचार, राजनीति
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा ८४ सदस्यीय पोलिटब्युरो कमिटी निर्वाचित भएको छ ।  पदाधिकारी र पोलिटब्युरो कमिटी सदस्य चयनका निम्ति गरेको निर्वाचनको परिणाम सार्वजनिक गरिएको हो । पदाधिकारीको मतपरिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम सार्वजनिक गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पोलिटब्युरो सदस्यहरूमध्ये विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् भने रामकुमारी झाँक्रीले १८२ पाएकी छिन् । झाँक्री महिला उपाध्यक्षमा भने पराजित भएकी थिइन् । विद्यार्थी नेता सुदेश पराजुली पनि १५७ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।...
देउवाले बोलाए उपसभापति र महामन्त्रीसहितको बैठक

देउवाले बोलाए उपसभापति र महामन्त्रीसहितको बैठक

ताजा समाचार, राजनीति
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् । अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन ...
भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विधेयक फिर्ता लिन कांग्रेस सांसद केसीको आग्रह

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विधेयक फिर्ता लिन कांग्रेस सांसद केसीको आग्रह

ताजा समाचार, राजनीति
१२ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने गरी प्रस्तावित विधेयक फिर्ता लिन सरकारलाइ आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली समाजमा निराशा बढेको र यसको कारण खोजी गर्दा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने प्रस्तावित विधेयक समेत रहेको सांसद केसीले बताए । ‘सबैभन्दा पहिला भ्रष्टाचारको मुद्दामा पाँच वर्षको हदम्याद राख्ने जुन काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो कसको निम्ति ल्याइएको हो ? लोकतन्त्रको निम्ति ? सुशासनको निम्ति ? सामाजिक न्यायको निम्ति वा विकासको निम्ति हो ?’ केसीले प्रश्न गरे । उनले यो विधेयकलाई नै फिर्ता लिन सरकारलाई भनेका छन् । ‘… केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने, त्यसलाई प्रोत्साहन गर्ने भएको हुनाले यो विधेयक तत्काल फिर्ता गरोस्...
संसदमा एमाले र माओवादीको नोकझोक

संसदमा एमाले र माओवादीको नोकझोक

ताजा समाचार, राजनीति
१२ भदौ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो ।’ उनले अगाडि भने, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए । सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । सभामुखले समय दिएपछि फेरि बोलेका भट्टराईले माओवादीको हिंसालाई दोहोर्‍य...