Thursday, December 26

राजनीति

लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
३ साउन, काठमाडौं । गत आइतबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार भयो। उक्त घटनामा ट्रम्पको दाहिने कानलाई छोएर गोली बाहिर निस्कियो । उक्त हमलामा एक जनाको मृत्यु र अरु दुईजना घाइते भए । ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको छ र अमेरिकी संयन्त्रहरु यो घटनाको अनुसन्धानमा जुटिरहेका छन् । २० वर्षीय थोमस म्याथू क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका र उनलाई घटनास्थलमै गोली हानी मारिएको एफबीआईले जनाएको छ । अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेतामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । यसअघि पनि अमेरिकाका कैयन् राष्ट्रपतिहरुमाथि गोली प्रहारका घटना भैसकेका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए । जसले आक्रमणमा ज्यान गुमाए  जोन एफ केनेडी केनेडी अमेरिकाका ३५औं राष्ट्रपति हुन् । सन् ...
लुम्बिनीका मुख्यमन्त्रीको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

लुम्बिनीका मुख्यमन्त्रीको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

ताजा समाचार, राजनीति
३ साउन, बुटवल । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा छन् । २० असारमा उनी अल्पमतमा परेपछि विपक्षी दलहरूले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, मुख्यमन्त्री महराले राजीनामा दिएका छैनन् । उनले एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया नै सुरु नगरेकाले आफ्नो राजीनामा आउन ढिला भएको प्रष्टीकरण दिंदै आएका छन् । महराले एमाले र कांग्रेस नयाँ सरकार गठनको संवैधानिक प्रक्रियामा गएपछि मात्रै आफूले राजीनामा दिने वा के गर्ने भन्ने यकिन हुने बताए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । यद्यपि महराले विश्वासको मत लिने प्रक्रियामा पनि गएका छैनन् । कांग्रेस कि एमालेबाट मुख्यमन्त्री बन्नेसमेत टुंगो नल...
सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

ताजा समाचार, राजनीति
२ साउन, काठमाडौं । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न निर्देशन दिएका हुन् । ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौतापनि हुन सक्दैन । प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्छ । यसका लागि जेजति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सधै प्रतिवद्ध छ,’ मन्त्री लेखकले भने । गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । सो क्रममा उनले कानुनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी समाजलाई न्याय दिन आग्रह गरे । नेपाल प्रहरीको इतिहास गर्व गर्नलायक रहेको उल्लेख गर्दै सीमित साधन स्...
प्रधानमन्त्रीले आइतबार लिनेछन् विश्वासको मत

प्रधानमन्त्रीले आइतबार लिनेछन् विश्वासको मत

ताजा समाचार, राजनीति
२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्ताैलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने...
मन्त्री छनोटप्रति कांग्रेसमा असन्तुष्टि

मन्त्री छनोटप्रति कांग्रेसमा असन्तुष्टि

राजनीति
काठमाडौँ — कांग्रेसले सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्तिबाहेक अरूलाई प्राथमिकतामा नराखेको भन्दै मंगलबार गण्डकी प्रदेशबाट निर्वाचित कांग्रेस सांसदहरूले असन्तुष्टि जनाएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ को बैठकले योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिई मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । तर, कांग्रेसले पठाएका दस मन्त्रीमा गण्डकी प्रदेशबाट एक जना पनि परेका छैनन् भने मन्त्रिपरिषद्मै दलितको प्रतिनिधित्व शून्य छ । गण्डकीबाट प्रत्यक्ष निर्वाचित १० र राष्ट्रिय सभाका ३ गरी कांग्रेसका १३ सांसदले संघमा प्रतिनिधित्व गर्छन् । तीमध्ये एक जना पनि मन्त्रिपरिषद्मा परेका छैनन् । का...
कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल

कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल

राजनीति
२ साउन, सुर्खेत । संघमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेको छ । अन्य प्रदेशहरूमा नयाँ सत्ता समीकरण अनुसारकै प्रदेश सरकार गठन प्रक्रिया समेत सुरु भइसकेको छ । तर, एमाले नेतृत्वको कर्णालीमा भने माओवादीले सरकारबाट बाहिरिने सुरसार गरेको छैन । नयाँ समीकरण बने पनि माओवादी सरकारमै छ । कर्णालीमा माओवादीका चार जना मन्त्रीहरू नियमित कामकाजमै छन् । माओवादीकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री यामलाल कँडेल पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिहाल्ने स्थितिमा पुगिसेका छैनन् । मुख्यमन्त्री कँडेलले अहिलेसम्म माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा पनि मागेका छैनन् । तर, केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा चल्नु पर्ने भएकाले एक खालको निर्णय लिन माओवादी केन्द्रका मन्त्रीहरूलाई आग्रह गरेको मुख्यमन्त्री कँडेलले अनलाइनखबरलाई ब...
समाजवादी मोर्चामा प्रचण्ड : ओलीको धोकामा परें, अब जनतामा जाउँ

समाजवादी मोर्चामा प्रचण्ड : ओलीको धोकामा परें, अब जनतामा जाउँ

राजनीति
१ साउन, काठमाडौं । सत्ता बहिर्गमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । मंगलबार समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए । ‘बरु मै प्रधानमन्त्री बन्छु, तपाईं छाड्नुस् भनेको भए पनि मैले मान्दिन्थें, तर ओलीले किन यसरी धोका दिनुभयो ?’, प्रचण्डको भनाइ उद्धृत गर्दै मोर्चाको बैठकमा सहभागी एक नेताले सुनाए, ‘संविधानलाई सही ट्र्याकमा राख्ने नियत छैन, उहाँहरु मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा यो कुरा लगेर जाउँ ।’ प्रचण्डले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतत्व जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्चालाई...
एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

राजनीति
१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी छन् । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि यो पहिलो बैठक हो । यसअघि २७ असारमा बालुवाटारमै मोर्चाको बैठक बसेको थियो ।...
मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएकामा महिला आयोगको असन्तुष्टि

मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएकामा महिला आयोगको असन्तुष्टि

राजनीति
१ साउन, काठमाडौं । राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि जनाएको छ । २२ सदस्यीय मन्त्रिपरिषदमा २ जना मात्र महिला सहभागी गराएर राजनीतिक दलहरुले संविधानको व्यवस्थालाई बेवास्ता गरेको र महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताएकी छन् । संविधानको धारा ३८ (४) अनुसार राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक रहेको छ । संविधानमा यो व्यवस्था रहे पनि विभिन्न कानुनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र एमालेका एक एक जना मात्र महिला छन् । यो संख्या कुन मन्त्रिपरिषद सदस्यको ९ प्रतिशत मात्र हो ।...
जसपा नेपाललाई सरकारमा नलगेको हो कि नगएको हो ?

जसपा नेपाललाई सरकारमा नलगेको हो कि नगएको हो ?

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । जसपा नेपालले सो सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने, ‘पहिलादेखि नै सरकारमा सहभागी नहुने नै भनेका थियौँ । त्यही अनुसार हामी सरकारमा गएनौँ । तर, बाहिरबाट समर्थन जनाएका छौँ ।’ अहिले बाहिरबाट समर्थन गर्ने र सरकारको कार्यशैली र व्यवहारको आधारमा थप निर्णय लिन सकिने उनको भनाई थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नै आफ्नो पार्टी विभाजन गराएको अध्यक्ष यादवको आरोप छ । पार्टी विभाजनलगत्तै उनले आफ्नो समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए । सरकारबाट बाहिरिएसँगै अध्यक्ष यादवले कांग्रेस नेतृत्वको तत्कालीन विपक्षी गठबन्धनमा मिसिएका थिए । अहिले त्यही कांग्रेस र एमाल...