Monday, December 23

राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

ताजा समाचार, राजनीति
६ वैशाख, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् । यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।...
मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

What's Hot, राजनीति
६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् । माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् । १५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।...
भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

What's Hot, अन्तरास्ट्रिय, राजनीति, समाज
५ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो । बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरील...
दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: बास्कोटा

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: बास्कोटा

ताजा समाचार, राजनीति
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थीरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।...
विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

What's Hot, राजनीति
३ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् । उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।...
‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’

‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’

What's Hot, राजनीति
वैशाख ३-सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । पछि फेरि विविध कारणले कार्यान्वयन भएन र समस्या देखिएको छ । प्रदेश प्रमुखले दुई दिनको समय माग्नुभएको छ । मलाई लाग्छ यो दुई दिनको बीचमा समस्या हल हुन्छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद कायम छ । उनीहरू बीचमा पनि एकता हुन्छ र गठबन्धनमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि कार्यान्वयन हुन्छ भन्ने विश्वासमा हामी छौं । केन्द्रको गठबन्धनले त निरन्तरता पाइरहेको छ, समस्या छैन, सुदूरपश्चिममा पनि केन्द्रको गठबन्धन अनुसार सङ्गति मै हुनुपर्नेछ । पहिलेको सहमति कार्यान्वयन हुन्छ र समस्याको समाधान हुन्छ । केन्द्रमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यसरी अघि नबढ्दा केही समस्या छन् । सहमति कार्यान्वयन गर्ने ढंगले अगाडि नबढ्दा सुदूरपश्चिमबाट समस्या देखिन थालेको हो । तर केन्द्रलाई दबाब दिनका ला...
गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

What's Hot, राजनीति
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन् । थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन् । संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले कांग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए । ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’ एमालेसँगको संवाद निर्वाचन अघि गठबन्धन नगर्ने विषयमा हुनुपर्ने उनले बताए । निर्वाचन अगाडि गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरेको जस्तै नेकपा ...
एकैपटक ५ सचिवको सरुवा

एकैपटक ५ सचिवको सरुवा

What's Hot, राजनीति
२ वैशाख, काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।...
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल

अन्तरास्ट्रिय, राजनीति, समाज
काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढवा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।” राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह ...
नयाँ वर्षमा पूर्वराजा :  जनमत स्थिर संस्थाको पक्षमा बढ्दो छ, सबै मिलेर समझदारी बनाउनुपर्छ

नयाँ वर्षमा पूर्वराजा : जनमत स्थिर संस्थाको पक्षमा बढ्दो छ, सबै मिलेर समझदारी बनाउनुपर्छ

अन्तरास्ट्रिय, जीवनशैली, राजनीति
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ छ । ‘आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ शुक्रबार नयाँ वर्ष २०८१ को अवसरमा देशबासीकलाई शुभकामना दिँदै उनले भनेका छन् । उनले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको समेत बताएका छन् । ‘आज आम नेपालीको चिन्ता यही विषयमा छ । न...