Thursday, December 26

विजनेस

२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

विजनेस
१८ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । १०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढे । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ९.७, स्वाभिमान लघुवित्तको ९.४,...
गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान

गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान

विजनेस
१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय क्रियाकलापका विषयमा प्रश्न उठ्ने गरेको सन्दर्भमा सर्वोच्चले दिएको आदेशको पालना गर्न मन्त्रालयले सचेत गराएको हो । अदालतले पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कामलाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो । साथै गढीमाई मेलाका क्रममा हुने वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपन्छीको मासु लगायत पदार्थको उचित व्यवस्थापन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो । साथै मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्न, गढीम...
सेयर बजार २७७५ अंकमा, घट्यो कारोबार

सेयर बजार २७७५ अंकमा, घट्यो कारोबार

विजनेस
१८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो । १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे । ४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो । अघिल्लो...
रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम

रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम

विजनेस
काठमाडौँ । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जानकारी दिएको छ । पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको बताउँदै टेलिकमले ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको कम्पनीको भनाई छ । ’रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको टेलिकमले स्पष्टिकरण दिएको छ ।...
साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात

साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात

विजनेस
काठमाडौँ । चार महिनाको अवधिमा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसैगरी १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।...
सैलुङ कन्स्ट्रक्सनसहित २१ निर्माण व्यवसायी कालोसूचीमा

सैलुङ कन्स्ट्रक्सनसहित २१ निर्माण व्यवसायी कालोसूचीमा

विजनेस
काठमाडौँ । सैलुङ कन्स्ट्रक्सनसहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो । यसरी कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । उक्त जेभी अन्तर्गत हेटौँडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । त्यस्तै, चौरजहारी डिभिजन तथा नेपाल राष्ट्र बैंकको सिफारिसमा दुई कम्पनीलाई दुई वर्षका दरमा, तनहुँको भानु नगरपालिकाको सिफारिसमा एउटा कम्पनीलाई डेढ वर्षका लाग...
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?

विजनेस
मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।...
माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

विजनेस
१८ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । कम्पनीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बोनस सेयर पाउने छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ छ ।...
नोक्सानीमा रहेको बलेफी हाइड्रोपावरले २७ गतेदेखि हकप्रद सेयर जारी गर्दै

नोक्सानीमा रहेको बलेफी हाइड्रोपावरले २७ गतेदेखि हकप्रद सेयर जारी गर्दै

विजनेस
१८ मंसिर, काठमाडौं । बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर कम्पनीले निष्कासन गर्नेछ । कात्तिक २० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आफूसँग भएको सेयर बराबरकै संख्याको सेयर खरिद गर्न अंकित मूल्य १ सयका दरले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलका अनुसार आफ्नो बैंक खाता रहेको शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा छ । तीन महिनामा विद्युत् बिक्री आम्दानी २३ करोड ८५ लाख रुपैयाँ रहेकोमा वित्तीय लागत मात्रै १५ करोड ९५ लाख रुपैयाँ छ । नोक्सानीमा रहे...
बाढीले क्षतिग्रस्त अरनिको राजमार्ग मर्मत–विस्तारमा अलमल किन ?

बाढीले क्षतिग्रस्त अरनिको राजमार्ग मर्मत–विस्तारमा अलमल किन ?

विजनेस
१७ मंसिर, काठमाडौं । चिनियाँ नाकाबाट नेपालतर्फ छिर्ने बित्तिकै अरनिको राजमार्ग सुरु हुन्छ । नाकाबाट तातोपानी बजार हुँदै ठुल्ठूला कन्टेनर कुद्ने भए पनि सडक सानो र साँघुरो छ । त्यसमाथि गत असोज दोस्रो साता आएको बाढीले विभिन्न स्थानमा क्षति गर्दा यो राजमार्गबाट सामान ल्याउन निकै कष्टकर यात्रा गर्नुपर्छ । अधिकांश स्थानको सडक एकतर्फी छ । बाढी–पहिरोपछि धेरै स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । त्यसकारण सडक कच्ची छ । ठूला कन्टेनर धेरै कुद्ने भएपछि बाह्रबिसेदेखि लार्चा र तातोपानी हुँदै नाकासम्मकै यात्रा जोखिमपूर्ण छ । ‘बाटो गतिलो भयो भने यहाँ तातोपानी नुहाउन आउने मान्छेको भीड लाग्थ्यो तर अहिले बाटोकै कारण मान्छे कम आएका छन्,’ तातोपानी बजारका स्थानीय साङ्बु शेर्पा भन्छन्, ‘एक त सानो बाटो छ, फेरि झ्यार्र पानी पर्‍यो भने बन्द भइहाल्छ ।’ उनले चीनतर्फ उच्च गुणस्तरको बाटो...