Wednesday, December 25

विजनेस

मुसिकोट औधोगिक एवं व्यापार मेला १२ पुसदेखि

मुसिकोट औधोगिक एवं व्यापार मेला १२ पुसदेखि

विजनेस
२१ मंसिर, गुल्मी । गुल्मीको मुसिकोटमा दोस्रो मुसिकोट औधोगिक एवं व्यापार मेला महोत्सव हुने भएको छ । मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा १२-२१ पुससम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०८१ हुने भएको हो । बामीटक्सारमा १० दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी हुने महोत्सव प्रचारप्रसार समिति संयोजक वसन्त अधिकारीले जानकारी दिए । महोत्सवबाट जिल्लामा उत्पादित कृषि प्रर्दशनी, बजारीकरण लगायतमा टेवा पुर्‍याउने उदेश्य रहेको उनले बताए । उनका अनुसार महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामग्रीसँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिने छ । ‘कृषि, पर्यटन, जलस्रोत उद्योग र व्यापार, मुसिकोटको समृद्धिको आधार’ ...
वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व

वीरगञ्ज भन्सारबाट लक्ष्य अनुसार उठेन राजस्व

विजनेस
२१ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।# प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड र कात्तिकमा ११ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।...
युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने,  बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

विजनेस
काठमाडौं । युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा उक्त हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।...
डिम्याटमा किन आएन साढे ७५ करोड कित्ता सेयर ?

डिम्याटमा किन आएन साढे ७५ करोड कित्ता सेयर ?

विजनेस
२१ मंसिर, काठमाडौं । सेयर प्रमाणपत्रलाई अभौतिक (डिम्याट्रिलाइज) गर्ने कार्य सुरु भएको ८ वर्ष बित्यो । अझै पनि ७५ करोड ५५ लाख कित्ता सेयर डिम्याट बाहिर छन् । १ साउन २०७३ बाट लगानीकर्ताले अनिवार्य रूपमा डिम्याट खाता खोल्नुपर्ने तथा डिम्याट भएका धितोपत्रहरू मात्रै कारोबार हुने नियम लागू हुँदै आएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार बजारमा सूचीकृत कुल सेयर संख्या १३ अर्ब ८५ करोड ४७ लाख ८६ हजार ९९६ कित्ता हो । तर डिम्याटमा आएको सेयर संख्या भने १३ अर्ब ९ करोड ९२ लाख ५३ हजार ३७९ कित्ता छ । कतिपय सेयर कुनै प्राकृतिक विपत्तिमा हराएका वा च्यातिर नष्ट भएका पनि हुन सक्ने सीडीएससीका डेपुटी म्यानेजर सुरेश न्यौपानेले बताए । यदि आफूसँग भएको सेयर प्रमाणपत्र कुनै समयमा हराएको वा नष्ट भएको जानकारी भएमा सर्वसाधारणले सम्बद्ध कम्पनीमा गएर सेयर स्वामित्व लिन सक्ने न्यौपानेले स्पष्ट पारे । ‘वर्षौ पहिल...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

विजनेस
काठमाडौँ । सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।...
सेयर बजार २७३४ अंकमा झर्‍यो, घट्यो कारोबार

सेयर बजार २७३४ अंकमा झर्‍यो, घट्यो कारोबार

विजनेस
२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो । व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटे । खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइन...
छिमेक लघुवित्तको लाभांश घोषणा

छिमेक लघुवित्तको लाभांश घोषणा

विजनेस
२० मंसिर, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ४४ करोड ६५ लाख रुपैयाँ बराबरको १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५६ रुपैयाँ छ ।...
बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

विजनेस
२० मंसिर, काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको थियो । अहिले फेरि ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्यले अर्को उचाइ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । अध्यक्षमा एटकिन्सको आगमन हुने भएपछि क्रिप्टो बजारका लगानीकर्ता उत्साहित भएका छन् । हालका अध्यक्ष ग्यारी गेन्सलरले अमेरिकामा क्रिप्टोको व...
लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

विजनेस
१९ मंसिर, काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारी सहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए। उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिए । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्नेबारे छलफल भएको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारी उपस्थित थिए ।...
२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

विजनेस
१८ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । १०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढे । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ९.७, स्वाभिमान लघुवित्तको ९.४,...