भौतिकमन्त्री दाहाल मनिला प्रस्थान
२३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । वातावरणीय दिगो यातायात सम्बन्धी १६औं उच्चस्तरीय एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी शनिबार राति मनिला गएका हुन् ।
दिगो विकास लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जन न्यूनीकरण एवं पर्यावरणमैत्री सहर विकास र सशक्तीकरण लगायत विषयमा उक्त सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवं प्रतिनिधिले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवं समाधानका उपायबारे धारणा राख्ने र विभिन्न सत्रमा सम्बन्धित क्षेत्रका विज्ञको प्रस्तुति एवं छलफल हुनेछ ।
सम्मेलन क्रममा हुने दिगो लक्ष्यको वायु प्रदूषण सम्बन्धी लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका छ ।
मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्...