Tuesday, December 24

विजनेस

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

विजनेस
२४ मंसिर, काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । ‘मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘त्यसका आधारमा हामी निर्णयमा पुग्छौं ।’ सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटांैडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए । सोहीकारण विभागले मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ । निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छ...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विजनेस
काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
साइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, सञ्चालक निर्वाचन सहित यस्ता छन् एजेन्डा

साइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, सञ्चालक निर्वाचन सहित यस्ता छन् एजेन्डा

विजनेस
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस १९ गते शुक्रबार बिहान ११ बजे रुपन्देहीको एक रिसोर्टमा बस्नेगरी साधारणसभा आह्वान गरेको हो । उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नयाँ आर्थिक वर्षको लेखापरीक्षण नियुक्त गर्ने प्रस्तावका अतिरिक्त कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३–३ जना समेत गरी ६ जनाको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ । साइन रेसुङ्गाले यसपटक उपयुक्त संस्थासँग मर्जर गर्ने, कुनै संस्थालाई आफूमा गाभ्ने वा कुनै संस्थामा आफू गाभिनेगरी सहमति गर्न सक्नेगरी सञ्चालक समितिलाई सहमति गर्ने अधिकार दिने प्रस्ताव समेत पारित गर्नेछ ।...
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

विजनेस
२४ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको छ । यसअघि कम्पनीले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो । विगत दुई वर्ष कम्पनीले नगद लाभांश मात्रै प्रदान गरेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।...
सेयर बजारमा सरकार ढल्ने हल्ला !

सेयर बजारमा सरकार ढल्ने हल्ला !

विजनेस
२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजार उच्च दर १.६७ प्रतिशतले घट्यो । योसँगै बजार २७ सयमुनि झरेको छ । बजार घट्नुको मुख्य कारण – सरकार ढल्ने हल्ला हो । सेयर बजारसँग सम्बद्ध सामाजिक सञ्जालका ग्रुपमा पछिल्ला राजनीतिक घटनाक्रम लिएर अनेक विश्लेषण हुन थालेका छन् । यस्ता घटनाक्रमलाई लिएर लगानीकर्ता केही आत्तिएको ब्रोकर सञ्चालक बताउँछन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सागर ढकालले ‘लगानीकर्तामा सरकार ढल्ने होहल्ला चलेकाले’ आइतबारको बजार केही ठूलो दरमा घटेको बताए । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयलाई लिएर लगानीकर्ताबीच केही होहल्ला सुनियो,’ उनले भने, ‘यसलाई कतिपयले सरकार ढल्ने संकेतका रूपमा बुझेको हुन सक्छ ।’ प्रधानमन्त्री ओली गृहजिल्ला झापा गएकाले उनको भेट लुस...
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी व्यवसायीसँग माग्यो सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी व्यवसायीसँग माग्यो सुझाव

विजनेस
२३ मंसिर, वीरगञ्ज । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग अर्थतन्त्र सुधारका लागि आवश्यक सुझाव संकलन गरेको छ । वीरगञ्जमा आइतबार आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा आयोगले उद्योगी तथा व्यवसायीको सुझाव लिएको हो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले अहिलेको अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर सुधार गर्नका लागि सुझाव संकलनको कार्य गरिरहेको जानकारी दिए । ‘आयोगको गठन भएपछि यहाँका उद्योगी–व्यवसायीले भोगिरहेका समस्याका विषयमा आवश्यक सुझाव लिनका लागि आएका हौ,’ उनले भने, ‘यहाँका उद्योगी व्यवसायीले दिएको सुझावलाई प्रतिवेदनमा समावेश गरेर सुधारको आवश्यक रणनीति अघि बढ्नेछ ।’ पूर्वअर्थसचिव समेत रहेका खनालले नेपालले २०४८ सालपछि एक पटक आर्थिक सुधारमा निकै राम्रो फड्को मारेको बताए । ‘२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापना भएसँगै...
किस्तामा बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

किस्तामा बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

विजनेस
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्किम बजाजका देशभरका...
सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

विजनेस
२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो । बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे । खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो । म...
लक्ष्मी सन‍्‍राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सन‍्‍राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

विजनेस
काठमाडौँ । लक्ष्मी सन‍्‍राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) - मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ । हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।...
साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने, लगानी आह्वान

साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने, लगानी आह्वान

विजनेस
२३ मंसिर, काठमाडौं । ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिडेटले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ । त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ । यसका लागि नेपाली नागरिक र नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने समेत कम्पनीले जनाएको छ । किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाश...