२५ मंसिर, काठमाडौं । सुनको भाउ प्रतितोला २१ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।...
२४ मंसिर, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भनेपछि उड्डयन नियामकले छलफलमा बोलाएको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले मौसमको कारण देखाउँदै उडान स्थगन गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएका थिए ।
भैरहवामा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवाको पत्राचारपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उनीहरूका नेपालस्थित प्रतिनिधिलाई छलफलमा बोलाएका छन् ।
‘आज बिहान फ्लाई दुबईका प्रतिनिधिसँग छलफल गरेँ, उनीहरूले मौसमका कारण भन्दा पनि पर्याप्त यात्रु नभएको बताए,’ प्राधिकरणका महानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘फ्लाई दुबईले आगामी जनवरी १३–१४ देखि भैरहवाका लागि टिकट बुकिङ सिस्टममा राखिसकेको छ ।’
उडा...
२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।
९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत...
२४ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेकोमा उक्त निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
यो सूचना विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिएको छ । अदालतको सो आदेशसँगै सूचनामा उल्लेख विषय तत्काल कार्यान्वयन नहुने भएको हो ।
अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । अधिवक्ताहरू सिर्जना अधिकारी र स्वस्तिका दंगाल, नेपाल ट्याक्स पेयर्स सोसाइटीका अध्यक्ष टीका कार्की र चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीले संयुक्त रूपमा अदालतमा रिट पेस गरेका थिए ।
जसमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग लाजिम्पाटलाई विपक्षी बनाइएको थियो ।
विभागले आयकर ऐन २०५८ को दफा ९८ नै खारेज गर्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेको थियो । ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै...
काठमाडौँ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागको बैठकमा राजस्व चुहावट नियन्त्रण गर्न थप समन्वय गर्ने निर्णय भएको छ । तीन निकायका विभागीय प्रमुखहरुको बैठकमा राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विषयमा छलफल भएको थियो । जसमा राजस्व चुहावटका जोखिम क्षेत्र, वस्तु, नाका र समूहहरु पहिचान गर्ने निर्णय भएको छ ।
सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदानप्रदान गर्ने, राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तरआवद्धता कायम गरिने निर्णय पनि भएको छ ।
उक्त सूचना प्रणाली कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गरिने भन्सार विभागले जनाएको छ । तीनवटै विभागबाट सू...
२४ मंसिर, काठमाडौं । निजी सिमेन्ट उत्पादकले ‘कार्टेलिङ’ गर्दै सिमेन्ट भाउ बढाएसँगै निर्माण क्षेत्र प्रभावित हुन थालेको छ ।
निर्माण व्यवसायी बढेको भाउमा थप सिमेन्ट किन्न सक्ने अवस्थामा नरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
‘एकातिर भएकै कामको भुक्तानी नपाएको अवस्था छ, अर्कातर्फ सिमेन्टको भाउ बढेपछि बरु निर्माणको काम रोक्ने मुडमा व्यवसायी छन्,’ उनले भने ।
अहिले बजारमा माग बढेर नभई सिमेन्ट उत्पादकले कार्टेलिङ गरेर उत्पादन कम गरिरहेको र कृत्रिम अभाव सिर्जना गर्न खोजेको उनको आरोप छ ।
‘अहिले उत्पादन भइरहेको सिमेन्ट औसत ४० प्रतिशतसम्म कटौती गर्ने भन्नेसम्मको कार्टेलिङ भएको छ,’ उनले भने, यो कृत्रिम अभाव सिर्जना गर्ने मौकामात्र हो ।’
अहिले धेरै निर्माण व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद गर्न छाडेको उनले बताए ।
उता, सिमेन्ट उत्पादकले भने विगतमा अस्वस्थ ...
२४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ ।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।...
२४ मंसिर, काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।
‘मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘त्यसका आधारमा हामी निर्णयमा पुग्छौं ।’
सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटांैडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए ।
सोहीकारण विभागले मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ । निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छ...
काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस १९ गते शुक्रबार बिहान ११ बजे रुपन्देहीको एक रिसोर्टमा बस्नेगरी साधारणसभा आह्वान गरेको हो ।
उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नयाँ आर्थिक वर्षको लेखापरीक्षण नियुक्त गर्ने प्रस्तावका अतिरिक्त कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३–३ जना समेत गरी ६ जनाको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ ।
साइन रेसुङ्गाले यसपटक उपयुक्त संस्थासँग मर्जर गर्ने, कुनै संस्थालाई आफूमा गाभ्ने वा कुनै संस्थामा आफू गाभिनेगरी सहमति गर्न सक्नेगरी सञ्चालक समितिलाई सहमति गर्ने अधिकार दिने प्रस्ताव समेत पारित गर्नेछ ।...