Monday, December 23

विजनेस

राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्दै

राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्दै

विजनेस
२६ मंसिर, काठमाडौं । राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको छ । पुस १ गतेबाट ति विभागबाट हुने सबै सेवा नयाँ भवनबाट सञ्चालन हुने बैंकले जनाएको छ । भूकम्पपछि थापाथलीको भवनमा भएको क्षतिपछि ती विभाग बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका थिए । भूकम्पपछि थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।...
अर्थतन्त्र समस्या र दबाबमा छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र समस्या र दबाबमा छ : अर्थमन्त्री पौडेल

विजनेस
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए । ‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन,’ मन्त्री पौडेलले भने, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’ यसैगरी राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको समेत उनले बताए । तर सबै प्रयास सफल हुन नसकेको उनको भनाइ छ । ‘अहिले राजस्वको लक्ष्य पुरा गर्न ३०–३१ प्रतिशत वृद्धि गर्नुपर्छ । म लक्ष्य पुरा गर्न लागि परिरहेको छु,’ उनले भने, ‘यो लक्ष्य पुरा गर्दा मा...
मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आगामी जेठभित्र सक्ने लक्ष्य

मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आगामी जेठभित्र सक्ने लक्ष्य

विजनेस
काठमाडौँ । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोक हुँदै चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मर्स्याङदी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरुका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले आफैं सब–कन्ट्रयाक लिएर निर्माण अग...
समपूरक र विशेष अनुदान आयोजना तत्काल कार्यान्वयन नहुने

समपूरक र विशेष अनुदान आयोजना तत्काल कार्यान्वयन नहुने

विजनेस
२६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ मा समपूरक र विशेष अनुदानका आधारमा कार्यान्वयन गर्ने लक्ष्य राखिएका कार्यक्रम तथा आयोजना तत्काल कार्यान्वयन नहुने भएका छन् । राष्ट्रिय योजना आयोगले बुधबार सूचना प्रकाशित गरी यस्ता अनुदानका लागि स्थानीय तथा प्रदेशबाट प्रस्ताव आह्वानको काम स्थगन गरिएको जानकारी गराएको छ । यसअघि राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठकले स्थानीय तह एवं प्रदेशको वित्तीय क्षमता अनुसार समपूरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री र सामाजिक आर्थिक समता अभिवृद्धिमा योगदान दिने गरी संशोधन गर्ने निर्णय गरेको थियो । यसैगरी विशेष अनुदान अन्तर्गत प्रदेश वा स्थानीय तहबाट सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासमा योगदान दिने गरी कार्याविधिमा संशोधन गर्ने निर्णय गरेको थियो । तीन मह...
एचआईडीसीएलको लाभांश घोषणा, बोलायो साधारणसभा

एचआईडीसीएलको लाभांश घोषणा, बोलायो साधारणसभा

विजनेस
२६ मंसिर, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ । पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ । यो लाभांश सरकारको स्वीकृति पश्चात साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।...
तीन दिनमै प्रतितोला साढे ४ हजार महँगियो सुन

तीन दिनमै प्रतितोला साढे ४ हजार महँगियो सुन

विजनेस
२६ मंसिर, काठमाडौं । तीन दिनमै सुनको भाउ तोलामा साढे ४ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तीन दिनयता सुनको भाउ उच्च दरले बढेको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।...
कालिका लघुवित्तको बोनस सेयर घोषणा

कालिका लघुवित्तको बोनस सेयर घोषणा

विजनेस
२६ मंसिर, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । साथै सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश प्रदान हुनेछ । यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १११७ रुपैयाँ ९० पैसा छ ।...
माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंकले लाभांश नदिने

विजनेस
२६ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ छ ।...
नेपालले बेमौसमी वर्षा र बाढीबाट धेरै क्षति बेहोरेको छ : भौतिकमन्त्री

नेपालले बेमौसमी वर्षा र बाढीबाट धेरै क्षति बेहोरेको छ : भौतिकमन्त्री

विजनेस
२५ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेमौसमी वर्षा र बाढीका कारण नेपालले धेरै क्षति बेहोर्नु परेको बताएका छन् । फिलिपिन्सको मनिलामा जारी ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६औं उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ लाई मंगलबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनु पर्ने बताए । स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन गरी विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । दिगो विकास लक्ष्यका लागि सहरी गतिशिलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तिकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने बताइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ-आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने कार्यक्रम छ । विभिन्न श...
सेयर बजारको अंकसँगै घट्यो कारोबार

सेयर बजारको अंकसँगै घट्यो कारोबार

विजनेस
२५ मंसिर, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । ५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो । ८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।...