Thursday, December 26

विजनेस

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?

विजनेस
मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।...
माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

विजनेस
१८ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । कम्पनीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बोनस सेयर पाउने छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ छ ।...
नोक्सानीमा रहेको बलेफी हाइड्रोपावरले २७ गतेदेखि हकप्रद सेयर जारी गर्दै

नोक्सानीमा रहेको बलेफी हाइड्रोपावरले २७ गतेदेखि हकप्रद सेयर जारी गर्दै

विजनेस
१८ मंसिर, काठमाडौं । बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर कम्पनीले निष्कासन गर्नेछ । कात्तिक २० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आफूसँग भएको सेयर बराबरकै संख्याको सेयर खरिद गर्न अंकित मूल्य १ सयका दरले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलका अनुसार आफ्नो बैंक खाता रहेको शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा छ । तीन महिनामा विद्युत् बिक्री आम्दानी २३ करोड ८५ लाख रुपैयाँ रहेकोमा वित्तीय लागत मात्रै १५ करोड ९५ लाख रुपैयाँ छ । नोक्सानीमा रहे...
बाढीले क्षतिग्रस्त अरनिको राजमार्ग मर्मत–विस्तारमा अलमल किन ?

बाढीले क्षतिग्रस्त अरनिको राजमार्ग मर्मत–विस्तारमा अलमल किन ?

विजनेस
१७ मंसिर, काठमाडौं । चिनियाँ नाकाबाट नेपालतर्फ छिर्ने बित्तिकै अरनिको राजमार्ग सुरु हुन्छ । नाकाबाट तातोपानी बजार हुँदै ठुल्ठूला कन्टेनर कुद्ने भए पनि सडक सानो र साँघुरो छ । त्यसमाथि गत असोज दोस्रो साता आएको बाढीले विभिन्न स्थानमा क्षति गर्दा यो राजमार्गबाट सामान ल्याउन निकै कष्टकर यात्रा गर्नुपर्छ । अधिकांश स्थानको सडक एकतर्फी छ । बाढी–पहिरोपछि धेरै स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । त्यसकारण सडक कच्ची छ । ठूला कन्टेनर धेरै कुद्ने भएपछि बाह्रबिसेदेखि लार्चा र तातोपानी हुँदै नाकासम्मकै यात्रा जोखिमपूर्ण छ । ‘बाटो गतिलो भयो भने यहाँ तातोपानी नुहाउन आउने मान्छेको भीड लाग्थ्यो तर अहिले बाटोकै कारण मान्छे कम आएका छन्,’ तातोपानी बजारका स्थानीय साङ्बु शेर्पा भन्छन्, ‘एक त सानो बाटो छ, फेरि झ्यार्र पानी पर्‍यो भने बन्द भइहाल्छ ।’ उनले चीनतर्फ उच्च गुणस्तरको बाटो...
वायुसेवा निगमको जहाज खरिदमा २५ लाख डलर घुस दिलाएका शर्मा दोषी ठहर

वायुसेवा निगमको जहाज खरिदमा २५ लाख डलर घुस दिलाएका शर्मा दोषी ठहर

विजनेस
१७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइड बडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन् । अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई एफसीपीएले दोषी ठहर गरेको हो । यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए । निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । एएआर जहाज खरिद–बिक्री, भाडामा दिने अमेरिकी कम्पनी हो । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो । सोही...
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आह्वान

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आह्वान

विजनेस
१७ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुई दिने २९औं साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिए । त्यसैगरी, एफडीआईको थ्रेसहोल्ड पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँमा पुर्‍याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिए । ‘हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ,’ लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानाम...
कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

विजनेस
१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो । हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटे । विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रो...
साना किसान लघुवित्तको लाभांश घोषणा

साना किसान लघुवित्तको लाभांश घोषणा

विजनेस
१७ मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५३ करोड २८ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने जनाएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।...
तोलामा १२०० घट्यो सुन

तोलामा १२०० घट्यो सुन

विजनेस
१७ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।...
७ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश विकास बैंक

७ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश विकास बैंक

विजनेस
१७ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सुस्ताएका बेला ७ कम्पनीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च विन्दुमा पुगेका कम्पनीमा अधिकांश विकास बैंक सेक्टरका छन् । विकास बैंक समूह ३९ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सेक्टर हाल ६,१२६ विन्दुमा छ । जुन अंक २०७८ भदौ २ यताकै उच्च हो । यहीं सेक्टरका ५ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च विन्दुमा पुगेका विकास बैंकमा सिन्धु, मितेरी, सप्तकोशी, कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंक छन् । आइतबार बजार बन्द हुँदा उच्च मूल्यमा पुगेका कम्पनीहरु सिन्धुको मूल्य प्रतिकित्ता १०३०.७०, मितेरीको ८२७, सप्तकोशीको ११२२, कर्पोरेटको १८३१.५० तथा ग्रीन डेभलपमेन्टको मूल्य ११२८ रुपैयाँ छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स र रिभर फल्स पावरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार बजार बन्द हुँदा सपोर्टको मूल्य ३२००...