Monday, December 23

What’s Hot

आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

What's Hot, ताजा समाचार
आज - ०८ साउन २०८१ मंगलवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्...
प्रहरी हत्यामा जेल बसेका समेत समातिए, पक्राउको संख्या ६ पुग्यो

प्रहरी हत्यामा जेल बसेका समेत समातिए, पक्राउको संख्या ६ पुग्यो

Uncategorized, What's Hot, ताजा समाचार
१ साउन, काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । आज मंगलबार थप एक जनालाई पक्राउ गरिएसँगै पक्राउको संख्या ६ पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार चाबहिलबाट धराने भनिने विभाग गुरुङलाई प्रहरीले पक्राउ गरको छ । अहिलेसम्म पक्राउ पर्नेहरुमा धरानेसँगै ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, आलिंकन लामिछाने, आयुमान अधिकारी, सुरेन्द्र महर्जन र दीपक वान्तवा राई छन् । खुकुरी प्रहारमा संलग्न भनिएका तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन् । बाबा भनिने राजेश केसीको समूहले छेडामा कटेज बनाउँदै गरेका बाँनियामाथि ७ असारमा खुकुरी प्रहार गरेका थिए । बाँनिया र बाबाबीच जग्गा सम...
सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

What's Hot, ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन् । कुनै कम्पनीका पुराना सेयरधनी र सेयर संख्या यथावत नै भएको अवस्थामा कसैले थप लगानी गरी साे कम्पनीमा ५० प्रतिशतभन्दा बढी स्वामित्व पुर्‍याएको अवस्थामा दफा ५७ अनुरुपको २५ प्रतिशत कर नलाग्ने प्रस्ताव आर्थिक विधेयकमा गरिएको थियो । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ मा प्रस्ताव गरेको यो संशोधन कुनै कम्पनी विशेषलाई सुविधा दिन ल्याएको आरोप लागेको थियो । अर्थमन्त्री पौडेलले उक्त उपदफामा नै संशोधन प्रस्तुत गरी यस्तो सुविधा ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डले मात्रै पाउने व्यवस्था गरका छन् । यसअघि आर्थिक विधेयकमा ‘तर, साविकका सेयर...
दानव नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

दानव नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

What's Hot, समाज
३१ असार, बुटवल । बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् । आइतबार दिउँसो चार बजेतिर दुई जना नुहाउन गएकामध्ये बुटवल उपमहानगरपालिका-१२ घर भएका अभिषेक पन्थी वेपत्ता भएका हुन् । पन्थी बुटवल-१३ सालघारीको एक्स आर्मी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । विद्यालयको परीक्षा सकेर घर गएपछि उनीहरु नुहाउन भन्दै खोलातिर गएका विद्यालयका प्रिन्सिपल शंकरप्रसाद भट्राईले जानकारी दिए । पन्थीसँग गएका अर्का बालक भने सुरक्षितरुपमा घर फर्केर घटनाबारे जानकारी गराएका थिए । बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को क्रममा बनेको गहिरो खाडल ताल जस्तै बनेको र त्यहीं विद्यार्थी डुबेको स्थानीयको भनाइ छ । विद्यार्थी वेपत्ता भएको १६ घण्टासम्म पनि उनको अवस्था पत्ता लगाउन नसक्दा बुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थथ...
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

What's Hot, ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ ।...
त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Travel, What's Hot, जीवनशैली, ताजा समाचार
३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् । स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’ भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प...
सिमलताल घटना : थप एकजनाको सनाखत

सिमलताल घटना : थप एकजनाको सनाखत

What's Hot, ताजा समाचार
३० असार, चितवन । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् । विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटो/भिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्...
गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

Travel, What's Hot, ताजा समाचार
३० असार, काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जार आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज गृह मन्त्रालयका सचिवज्यू आईजीसापहरुका साथ चितवन आउँदै हुनुहुन्छ ।’ त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको थियो । गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर ब...
४० सहकारीमाथि महानगरको अनुगमन, सुमेरुको ३ अर्ब भरत महर्जनले अपचलन गरेको पुष्टि

४० सहकारीमाथि महानगरको अनुगमन, सुमेरुको ३ अर्ब भरत महर्जनले अपचलन गरेको पुष्टि

What's Hot, ताजा समाचार
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो । अनुगमनमा परेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटी र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको आवश्यक कागजपत्र र विवरणसमेत फेला नपरेको महानगर स्रोतले जनाएको छ । दुवै सहकारी संस्थामा बचतकर्ताको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न महानगरले प्रहरीको सीआईबीमा पठाएको छ । ‘हामीले यसअघि नै ९१ वटा सहकारी संस्थालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेका छौँ,’ महानगर स्रोतले भन्यो ।...
शासनको मर्यादा र सचिवको पद – कुमार दाहाल

शासनको मर्यादा र सचिवको पद – कुमार दाहाल

What's Hot, अन्तरास्ट्रिय, समाज
कुमार दाहाल :- डा,भेषबहादुर थापा २४ वर्षको उमेरमा अर्थसचिव बने। योभन्दा अगाडि नै उनी राष्ट्रिय योजना परिषद्को सदस्य बनिसकेका थिए। अमेरिकामा पढ्दै गरेका उनलाई राजा महेन्द्रले स्वदेश फर्काएका थिए। विकास र कुटनीतिकमा उचाइ चुमेका डा, भेषबहादुर थापाको किताब राष्ट्र परराष्ट्र नेपालका राजनीतिज्ञ प्रशासक, कूटनीतिज्ञ सबैको लागि महत्वपूर्ण कृति हो। उनको कृतिमा देखिएको नेपालको दर्पण आजको भन्दा निकै सुन्दर र लोभ लाग्दो छ। उनी भन्छन् त्यतिखेरका शासक र प्रशासकको इमान्दारिताले नै आज हामीले स्वतन्त्र नेपाल पाएका छौं। नत्र यो देशको अस्तित्व नै अप्ठ्यारोमा पर्ने स्थिति थियो। तिनै इमान्दार शासक , प्रशासक र कूटनीतिज्ञको परिश्रमको फल आज ती सबैले प्रसादको रूपमा बाडीचुडी उपयोग गर्दैछन्। किताबले यो विषयको प्रष्ट झल्को दिन्छ। जतिखेर उनी अर्थसचिव बने त्यतिखेर लोकसेवा आयोग निलम्बनमा थियो। उनी लोकसेवा आयोग पास ...