Sunday, January 5

रुकुम पश्चिमका दुई विद्यालयलाई १४ लाख १६ हजार हस्तान्तरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समितिले सङ्कलन गरेको १४ लाख १६ हजार रुपैयाँ भूकम्पबाट प्रभावित रुकुम पश्चिमका दुई विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार माओवादी केन्द्रको एसिया संगठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले पार्टी उपमहासचिव तथा सो क्षेत्रका संघीय सांसद जनार्दन शर्मामार्फत उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

गत वर्षको कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट निकै ठुलो क्षति बेहोर्नु परेको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै तत्कालीन प्रवास समन्वय समितिले विश्वभरका पार्टी शुभेच्छुकबिचमा सहयोगको आह्वान गरेर रकम सङ्कलन गरेको थियो । तत्कालीन प्रवास समन्वय समितिका सचिव टिबी पाठकले शुक्रबार शर्मामार्फत हस्तान्तरण गरिएको उक्त सहयोग शीतल माध्यमिक विद्यालय (सानीभेरी गाउँपालिका) र जनकल्याण माध्यमिक विद्यालय (आठबिसकोट नगरपालिका)को अक्षयकोषमा राखिने भएको बताए ।

यसअघि समितिले नै उठाएको ७ लाख ८ हजार रुपैयाँ जाजरकोटको नलगाडस्थित श्री जनआदर्श प्राथमिक विद्यालयका लागि हस्तान्तरण गरिएको थियो ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *