Saturday, January 4

अनेरास्ववियुको विवाद समाधानको जिम्मा निर्वाचन आयोगलाई दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु भित्रको विवाद समाधानको जिम्मा पार्टी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले विद्यार्थीको विवादमा पार्टीले हस्तक्षेप नगर्ने नीति लिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्थायी समिति बैठक १८ गते र केन्द्रीय समिति बैठक २१ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने छ । आइतबारको बैठकमा निर्वाचन आयोग प्रमुखलाई बोलाएर विवादको विषयमा रिपोर्टिङ लिइएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *