Tuesday, December 24

प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय

वासिङटन डीसी । वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ । सर्दी सुरु हुँदै गर्दा वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ ।

हावाको गुणस्तर ट्र्याक गर्ने वेबसाइट आईक्यूएयरका अनुसार सोमबार काठमाडौँको वायुको स्तर ९७ रहेको छ । यो भनेको ठिकै खालको हो । तर हालैका दिनहरूमा काठमाडौँको हावाको स्तर अस्वस्थकर रहँदै आएको छ ।

प्रदूषणका कारण मान्छेमा अनेकौँ समस्या देखिरहेका छन् । सास फेर्न समस्या, एलर्जी, दम, मुटुसम्बन्धी रोग आदिका बिरामी बढिरहेका छन् । बढ्दे प्रदूषणबाट बच्नका लागि केही उपाय गर्न निकै जरुरी छ ।

मास्कको प्रयोग गर्नुस्:

प्रदूषणबाट बच्न एन९५ वा पी१०० मास्क प्रयोग गर्नुहोस् । यो मास्कले हानिकारक कणहरू र प्रदूषकहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ । विशेषगरी बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुस् ।

घरमा एयर प्युरिफायरको प्रयोग

घरभित्र पनि हावाको गुणस्तर कायम राख्न एयर प्युरिफायरको प्रयोग गर्नुहोस् । प्युरिफायरले हावामा रहेका हानिकारक कणहरूलाई फिल्टर गर्छ र घर भित्र शुद्ध हावा प्रवाहमा सघाउँछ ।

हराभरा ठाउँमा समय बिताउनुस्

सकेसम्म, सम्भव भएसम्म पार्क र बगैँचा जस्ता हराभरा ठाउँहरूमा समय बिताउनुहोस् । यी ठाउँहरू तुलनात्मक रूपमा कम प्रदूषित हुन्छन् र यहाँको हावा अलि सफा हुन्छ ।

घरभित्र गर्नुस् शारीरिक गतिविधि

प्रदूषण बढेको समयमा बिहान सबेरै वा बेलुका घरबाहिरको सट्टा घरभित्रै व्यायाम गर्नुस् । प्रदूषक कणहरू साससँगै शरीरमा प्रवेश गर्न सक्ने भएकोले बाहिर हिँडडुल सकेसम्म कम नगर्नुहोस् ।

रूख रोप्नुस्

रुख रोप्नु दीर्घकालीन समाधान हो । सकेसम्म धेरै रूखहरू रोप्नुहोस् र आफ्नो वरपरको क्षेत्रमा हरियाली बढाउने प्रयास गर्नुहोस् । यसले प्रदूषण नियन्त्रण त गर्छ नै वातावरणलाई पनि हरियाली बनाउँछ ।

सवारी साधनको प्रयोग घटाउने

प्रदूषण कम गर्न सार्वजनिक यातायातको बढी प्रयोग गर्नुहोस् । हिँड्दा वा साइकल चलाउँदा प्रदूषण कम गर्न मद्दत गर्छ । विद्युतीय सवारी साधनको प्रयोग पनि राम्रो विकल्प हो ।

झ्याल र ढोका बन्द राख्नुस्

वायु गुणस्तर सूचकांक (एक्यूआई) धेरै भएको समयमा घरमा पनि झ्याल र ढोका बन्द गरेर राख्नुहोस् ताकि बाहिरबाट प्रदूषित हावा घर भित्र आउन नसकोस् ।

प्राकृतिक वायु शुद्धीकरण प्लान्ट

घरमा नीम, तुलसी, एलोभेरा र मनी प्लान्ट जस्ता बिरुवाहरू रोप्नुहोस् । यस्ता बोट बिरुवाले पनि प्राकृतिक रूपमा हावाको गुणस्तर सुधार्न मद्दत गर्छ ।

आफ्नो आहारको ख्याल राख्नुस्

शरीरमा प्रदूषणको प्रभाव कम गर्न एन्टिअक्सिडेन्टयुक्त खानेकुराको सेवन गर्नुपर्छ । भिटामिन सी र ओमेगा–३ फ्याटी एसिडको सेवनले शरीरलाई प्रदूषणसँग लड्ने क्षमता प्रदान गर्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

निर्देशिकाहरू पालना गर्नुस्

प्रदूषण कम गर्न सरकारले जारी गरेको निर्देशन र नियमको पालना गर्नुहोस् । फोहोरलाई नजलाउनुहोस् ।

प्रदूषण रोकथाम गर्न व्यक्तिगत जिम्मेवारीका साथै सामुदायिक सहयोग पनि चाहिन्छ । वातावरणलाई स्वच्छ बनाउन समुदायका हरेक व्यक्तिको योगदान आवश्यक छ । तर माथि बताइएका यी उपायहरू अपनाएर हामी यो गम्भीर समस्यालाई रोक्न र राम्रो वातावरण सिर्जना गर्न सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *