Monday, December 30

दक्षिण कोरियामा विमान दुर्घटना : मृतकको संख्या ६४ पुग्यो

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।

विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *