Tuesday, January 7

पार्टीभित्र बढ्दो विरोधसँगै ट्रुडोले देलान् राजीनामा ?

ओट्टावा । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले पार्टीको जिम्मेवारीबाट राजीनामा दिने विश्लेषण गर्न थालिएको छ । ट्रुडोले छिट्टै लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिन सक्ने बताइएको हो ।

क्यानडाको द ग्लोब एन्ड मेल पत्रिकाले आइतबार एउटा समाचारमा यस्तो दाबी गरेको हो । खबरका अनुसार टु«डोले आगामी एक दुई दिनभित्रै राजीनामा दिन सक्नेछन् । हालैका दिनमा ट्रुडोको लोकप्रियता तीव्र गतिमा ओरालो लागिरहेको छ ।

पार्टीभित्रै पनि उनले विरोधको सामना गरिरहेका छन् । आगामी चुनावमा पियरे पोइलिएभरेको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टी सत्तामा आउन सक्ने दाबी विभिन्न जनमत सर्वेक्षणहरूले गरिरहेका छन् । ट्रुडोले कहिले राजीनामा दिने भन्ने निर्णय भइनसकेको तर बुधबार बस्ने राष्ट्रिय ककसको बैठकअघि उनले आफ्नो पद छोड्न सक्ने बताइएको छ ।@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *