Tuesday, January 7

जीवित बन्दीको विवरण दिन हमासले मानेन

गाजा । प्यालेष्टिनी विद्रोही समूह हमास र इजरायलबिच गाजामा युद्धविराम र हमासको कब्जामा रहेका इजरायली बन्दीलाई रिहा गर्ने सम्झौतामाथि छलफल भइरहेको छ । हमासले रिहा गर्न ३४ जना बन्दीको सूचि तयार पारेको भन्दै सञ्चार माध्यमहरूले समाचार छापिरहेका छन् ।

हमासले युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३४ जना बन्दीको सूचिमा सहमति जनाएको भन्दै आइतबार साँझ समाचार आए । अहिले आफ्नो कब्जामा रहेका को–को बन्दी ज्यूदाँ छन् भन्ने विवरण चाँहि हमासले दिन अस्वीकार गरेको छ ।

यसैबिच हसमाले रिहा गरिने बन्दीहरूको सूचि नदिएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् । इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा रिहा गरिने ३४ जना बन्दीको सूचि हमासका अधिकारीहरूले दिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो । यो सूचीमा क–कसको नाम छ भने चाहिँ रोयटर्सले भनेको थिएन् ।

बन्दीको सूचिबारे हमास र इजरायलबाट दुई थरी कुरा आएपछि हमासले कयौं महीना अघि जेरुसेलमले पठाएको ३४ जनाको नामको सूचि स्वीकार्य रहेको भने कुरा फेर्यो । यो सूचनालाई इजरायलले भने अपूरो भन्दै वार्तामा प्रगति नहुने बताइरहेको छ ।@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *