२३ पुस, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदको सार्वजनिक लेखा समितिको बैठक डाक्न माग गरेका छन् । बैठक नराखे सार्वजनिक रूपमै माग गर्ने उनीहरूको चेतावनी छ ।
रास्वपाका सांसद मनिष झाले समितिको बैठक राख्न समिति सभापति ऋषिकेश पोखरेललाई आग्रह गरेका थिए । जवाफमा सभापति पोखरेलले ‘आफू केही दिन काठमाडौं बाहिर रहेकोले फर्किएपछि बैठक राख्ने’ बताएको झाले जानकारी दिए ।
माओवादी सांसद अमनलाल मोदी र कांग्रेस सांसद राजन केसीले पनि सभापतिलाई लेखासमिति बैठक राख्न माग गर्दै आएका छन् ।
मुलुकका सुशासनका अनेकन विषय रहेको तर बैठक नराखेको भनेर सांसदहरूले सभापति पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।