Monday, January 13

भारत–चीन सीमाको अवस्था ‘संवेदनशील तर स्थिर’ : भारतीय सेना प्रमुख

नयाँ दिल्ली । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले भारत–चीन सीमाको अवस्था ‘संवेदनशील तर स्थिर’ रहेको बताएका छन् । वार्षिक पत्रकार सम्मेलनमा उनले भने , ‘त्यहाँ हाम्रो तैनाथी बलियो छ र हामी कुनै पनि परिस्थितिसँग जुध्न सक्षम छौँ ।’

पाकिस्तानका सम्बन्धमा जनरल द्विवेदीले भने, ‘नियन्त्रण रेखामा पाकिस्तानसँग युद्धविराम जारी छ तर त्यस तर्फबाट घुसपैठ पनि जारी छ। पाकिस्तानमा आतंकवादी पूर्वाधार अझै पनि अवस्थित छ जसले सीमाको यस तर्फबाट आतंकवादलाई समर्थन गर्दछ। गत वर्ष जम्मु कश्मीरमा मारिएका आतङ्कीहरूमध्ये ६० प्रतिशत पाकिस्तानी थिए।’

आफ्नो वार्षिक पत्रकार सम्मेलनमा सेना प्रमुखले सुरक्षा बलको प्रयास र सक्रिय सरकारी पहलका कारण मणिपुरको स्थिति नियन्त्रणमा ल्याएको बताए । जनरल द्विवेदीले उत्तर पूर्व र मणिपुरको अवस्था क्रमशः सुधार हुँदै गएको बताएका छन् । उनले भने , ‘अहिले पनि हिंसाका केही घटना भइरहेका छन्। शान्ति र सद्भाव कायम गर्न ठोस प्रयास भइरहेको छ।’

द्विवेदीले म्यानमारको अशान्तिलाई मध्यनजर गर्दै त्यहाँको सीमामा निगरानी बढाइएको जानकारी दिए ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *