Monday, January 13

रवि अझै कम्तिमा दुई दिन हिरासतमा रहने

२९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ ।

यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए ।

तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन् ।

उनले भने, ‘पर्सि (बुधबार) बाट फेरि निरन्तर सुनुवाइ हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *